सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङ सदरमुकाम जोमसोममा २ दिने बृहत निःशुल्क आँखा शिविर हुँने भएको छ ।तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजना तथा मुस्ताङ सामूदायिककेन्द्र जोमसोमको समन्वयमा शिविर संञ्चालन हुँने ईन्चार्ज रुमिला नेपालीले जानकारी दिईन् ।
असोज १४ र १५ गते हुँने शिविर तयारीका लागि जिल्ला स्थित बिभिन्न सरोकारवाला निकाय संग छलफल भएको ईन्चार्ज नेपालीले बताईन् । ५ वटै स्थानीयतह तथा छिमेकी जिल्लाका आँखाका समस्या भएका बिरामीलाई लक्षित गर्दे शिविर संञ्चालन गर्ने तैयारी भईरहेको उनले खुलाईन् ।शिविरका लागि प्रतिष्ठानमा कार्यरत ६ जना बिशषेज्ञ टोली मुस्ताङ आउँने उनको भनाई छ ।मोतियाबिन्दुको अप्रेशन तथा आँखा संम्वन्धि कुनैपनि समस्या भएका बिरामीले शिविरमा स्वास्थ्य लाभ लिनसक्ने व्यवस्था मिलाईएको ईन्चार्ज नेपालीले बताईन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने जनाईएको छ ।शिविरकेन्द्र रहेको घरपझोङ गाउँपालिकालाई आर्थिक सहयोगका लागि अनुरोध गर्ने बताईएको छ ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुस्ताङले बिरामी बस्ने आवास भौतिक सामाग्री उपलब्ध गराउने शाखाका सभापति चन्द्रबहादुर थकालीले बताए ।
त्यस्तै,शिविरमा आउने बिरामीका लागि पूथाङ आमा समूह तथा जोमसोम महिला समूहले आलोपालो जाउलो र फलफुलको व्यवस्था गर्ने जनाएका छन् ।शिविर व्यवस्थापन तथा स्वंयसेवक सहयोगीको रुपमा जनहित माध्यमिक बिद्यालय तथा धौलागिरी आवासिय माध्यमिक बिद्यालयका ८–८ जना बिद्यार्थीले आलोपालो सघाउने जनाईएको छ।
सन् २००९ देखि हालसम्म मुस्ताङमा ३ सय १६ जना आँखाका बिरामीले मोतियाबिन्दुको अप्रेशन गरेको सामूदायिककेन्द्र मुस्ताङले जनाएको छ ।सन् २०१७ मा जोमसोममा भएको आँखा शिविरबाट २९ जना आँखाका बिरामीले स्वास्थ्यलाभ लिएका थिए । यसपटक हुँने शिविरमा करिव ४० जना आँखाका बिरामीले मोतियाबिन्दुको अप्रेशन गर्ने लक्ष रहेको जनाईएको छ ।यसका लागि ३० जनाले नाम दर्ता भैईसकेको सामूदायिक केन्द्रले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले ५ वटै स्थानीयतहमा पुगेर घुम्ती शिविर संञ्चालन गरेको थियो ।उक्त शिविरका क्रममा आँखाका मुख्य समस्या भएका बिरामीको समेत तथ्याङ्क संङ्कल गरिएको हो ।शिविरको पूर्व तैयारी बैठकमा ईन्चार्ज रुमिला नेपालीले जिल्लामा आँखा संम्वन्धि भएगरेका प्रगतिबारे प्रस्तुतीकरण गरेकी थिईन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?