पोखरा, असोज १२ गते । कास्कीका एक युवक एक सातादेखि बेपत्ता भएका छन् । नेपाली सेनाको महेन्द्र नगर ब्यारेक, धनुषामा कार्यरत ऋषि ओझा सम्पर्कविहीन भएका हुन् ।
कास्कीको रुपा गाउँपालिका-२, थुम्की, सिर्कुतानका मङ्गलप्रसाद ओझाका २ भाइ छोरामध्ये जेठो ऋषि छुट्टी सकेर घरबाट हाजिरमा जाँदा बाटैमा अपहरणमा परेका हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । सारंगी न्यूजका लागि रुपिन्द्र प्रभावीको समाचार छ ।
यस्तो छ घटना विवरण :
वि.सं. २०७४ असारमा नेपाली सेनामा भर्ती भएका ऋषि काजमा धनुषामा कार्यरत थिए । करिब एक हप्ताको घर बिदा सकेर असोज ७ गते ब्यारेक जान थुम्कीबाट हिंडेका उनी पोखराको पृथ्वीचोकस्थित दिदी महेश्वरी ओझाको पसलमै बास बसेका थिए ।
दिदीका अनुसार ८ गते बिहान ३:३० बजे हाजिरमा जान भन्दै कोठाबाट निस्केका उनी नारायणगढ पुग्दा सम्पर्क भएको थियो । केही समयपछि पुनः सम्पर्क गर्दा अबको केही क्षणमा ब्यारेक पुग्ने जानकारी दिएका थिए उनले । हाजिरमा नगएका उनले असोज १० गते राती ८:४२ मा ब्यारेकमै कार्यरत एक साथीलाई एसएमएस गरी आफू अपहरणमा परेको जानकारी दिएका थिए ।

`अपहरणमा परेको छु, हाजिरमा आउन सकिनँ, बन्द कोठाभित्र छु, ५ लाख रुपैयाँ फिरौती मागेको छ ।´ भनेर पटक पटक एसएमएस गरेको र त्यसपछि मोबाइल स्विच अफ भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी कार्यरत ब्यारेकबाट भोजराज कार्कीले असोज ११ गते दिउँसो २:३० बजेतिर `तपाईंको मान्छे ८ गते हाजिर हुन आउनुपर्नेमा नआएको भन्दै के भएको हो ?´ भनेर जानकारी मागेपछि मात्रै परिवारलाई यससम्बन्धी जानकारी भएको थियो ।
उनका सहोदर साना बाका छोरा अमृत ओझासँग म्यासेन्जरमा कुरा हुँदा आफू भारततिर रहेको र तनावमा रहेको बताएको पनि जानकारी प्राप्त भएको छ । ब्यारेकले सेना र प्रहरीको सहयोगमा खोजी गरिरहेको जनाएको छ ।
कान्छो भाइ सुदिप ओझा पनि नेपाली सेनाकै विजयपुर ब्यारेकमा कार्यरत छन्
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’