पोखरा । स्थापनाको छोटो समयमै पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि (यूआरएल) ले अग्रणी स्थान कब्जा गरेको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याबका रुपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिनबाट सेवा सुरु गरेको ल्याबको चर्चा चुलिनुको कारण व्यवसाय मात्र होईन । यूआएरल सामाजिक सेवामा सबैभन्दा अगाडि छ ।
पोखराका स्वास्थ्य शिविर तथा ल्याब जाँचमा यूआरएल प्राविधिक सहयोगीको रुपमा नरहेको कार्यक्रम विरलै होलान् । अहिलेसम्म ५५ भन्दा बढी स्वास्थ्य शिविरमा प्राविधिक सहयोगीका रुपमा यूआरएल जोडिइसकेको छ । विशेष गरी निःशुल्क मधुमेह जाँचमा यूआएलको महत्वपूर्ण सहयोग रहेको छ । २५ हजार बढी निःशुल्क लाभान्वित भईसकेका छन् ।
पोखराको न्यूरोड स्थित गिरी कम्प्लेक्समा व्यवस्थित ढंगले मुख्य कार्यालय रहेको यूआरएलको बाग्लुङ र दमौलीमा शाखा विस्तार छ । कास्कीको पोखरा सहित तनहुँ, लमजुङ, धौलागिरी क्षेत्रमा यसले कार्यक्षेत्र विस्तार गरेको छ । अहिलेसम्म १ लाख २५ हजारलाई सेवा प्रदान गरिसकेको छ । फोक्सो र मुटु तथा थाइराइड सम्बन्धी विशेष प्रकारका जाँचहरु हुने यूआरएलले काठमाण्डौका ल्याब भन्दा आफूलाई अगाडि उभ्याएको छ ।
यसैकारण, यही साता यूआएल र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका भए । डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले सोमबार काठमाण्डौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा ‘भाइब्रेन्ट रोस युजर अवार्ड’बाट युआरएल र पन्तलाई सम्मान ग¥यो ।
नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप अत्याधुनिक परीक्षण पोखरामै उपलब्ध प्रेरणा मिलेको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए । उनले युआरएलले धेरै बिरामी भएका राजधानीका अस्पतालका प्रयोगशाला र रेफरेन्स ल्याबहरुले पनि सञ्चालन गर्न नसकेका केही परीक्षण पोखरामै उपलब्ध गराइरहेको बताए ।
कार्यक्रममा प्रोमिनेन्ट रोस युजर अवार्डबाट अल्का अस्पतालका नवराज थापा र अलराउन्डर रोस युजर अवार्डबाट धरानका राजेन्द्रमोहन चौधरी सम्मानित भए ।
समारोहमा रोस मेसिनको प्रयोग, परीक्षण र गुणस्तरीय रिपोर्टबारे ५ वटा कार्यपत्र पेश भएका थिए । युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेयले इनोभेटिभ बायोमाकर्स विषयमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा डाइनोटेक सपोर्ट प्रालिका अध्यक्ष कान्ति थापा, रोस कम्पनीका डा. दिपिका जिन्दल र विष्णु सक्तवात र डाइनोटेकका सञ्चालक सुशील थापाले लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो