केशब पाठक, पोखरा, १५ असोज । प्याराग्लाीडङ ब्यबसायी र पोखरा महानगरको बिच ब्यबसायिक कर बिबादका कारण प्याराग्लाइडिङका ठूला र विशेष भनिएका प्रतियोगिताहरु पोखराबाट विस्थापित हुने भएका छन । अब पोखरेलीहरु यस्ता वृहत ठूला भनिएका प्याराग्लाइडिङ प्रतियोगिता हेर्न पोखराबाट करिब ८० किलोमिटर टाढा स्याङजाको भिरकोट वा पूर्वको धरान पुग्नुपर्ने भएको छ ।
महानगरले एक जना व्यवसायीक कम्पनी बाट वार्षिक १ लाख कर माग गरे पछि प्याराग्लाीडङ खेलका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरका मापदण्डको टेक अफ र ल्याण्डिङ नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै प्रतियोगिताहरु पोखरा बाट विस्थापित हुने भएका हुन । संसारका प्याराग्लाइडिङ खेलका खेलाडी पनि अब विश्वको दशौं उत्कृष्ट प्याराग्लाइडिङ खेल स्थानमा उडेर यसको मजा लिन नपाउने भएका हुन ।
राष्ट्रिय खेलकुद परिषदले १३ औं दक्षिण एशियाली खेलकुद ९साग० र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सराङकोटमा आवश्यक पूर्वाधार बनाउन ३० लाख छुट्टाएको भए पनि महानगरले ब्यबसायी संगको करको कुरा नमिलेको भन्दै पूर्वाधारका लागि आवश्यक जग्गा समेत उपलव्ध नगराएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ ९नेफा०का महासचिब शैलेन्द्र राउतले बताए ।
“पोखरा महानगरले प्याराग्लाइडिङलाई केबल ब्यबसायिक हिसाबले मात्र हे¥यो, खेलको आँखा बाट बुझ्ने कोही भएन त्यसकारण काम गर्न निकै अप्ठ्यारो समेत भयो पूर्वाधार बन्न ढिलाइ भएकोछ आएको रकम समेत फ्रिज हुने डर छ” महासचिब राउतले भने–“त्यही भएर २०७५ कात्र्तिक १५ देखि २५ आयोजना हुने विश्व कप प्याराग्लाइडिङ, फागुनमा हुने ८ औं राष्ट्रिय खेलकुदमा हुने प्याराग्लाडिङ र १३ औं सागको अब स्याङग्जाको भिरकोट र धरानमा हुने भयो ।”
प्याराग्लाइडिङका खेलका लागि खेलको मापदण्ड अनुसार ४०ह४० को टेक अफ र १००ह१०० को ल्याण्डिड ठाँउ आवश्यक पर्छ । यो ठाँउ दिन महानगर तयार नभएकोले ठूलो समस्या आएको र पोखरेलीहरु अब यो खेलको मनोरंजन लिन स्याङजा कि धरान पुग्नु पर्ने स्थिती र आउने भएको हो ।
महानगरले एउटा व्यबसायिक प्याराग्लाइडिङ कम्पनी संग वार्षिक १ लाख कर माग गरेको छ । यो कर सुहाँउदो नरहेको ब्यवसायीले भन्दै आएका छन । करौडौ लगानी गर्ने पाँच तारे होटलको वार्षिक २७ हजार कर अनि प्याराग्लाइडिङको सानो लगानीलाई पनि वार्षिक १ लाख उनीहरुले महानगर संग यही प्रश्न र्तेस्याएका छन । महानगरले यस बारे स्पष्ट बोल्न समेत सकेको छैन न त करमा कुनै संसोधन नै गरेको छ । दुवैको अर्कमण्यताका कारण प्याराग्लाइडिङको विश्वकप, राष्ट्रि खेलकुद अनि साग खेल पोखरेलीहरुले हात धुनु पर्ने भएको छ ।
कस्तो तयारी हुँदैछ स्याङग्जाको भिरकोटमा ?
यता २०७५ कात्र्तिक १५ देखि २५ आयोजना हुने विश्व कप प्याराग्लाइडिङ खेल स्याङग्जाको भिरकोटमा हुने भएपछि स्याङजालीहरु जुरुक्कै उठेर सहयोग गरिरहेकाछन । पोखरा बाट करिब ७७ किमी टाढा भिरकोट विश्वकपको तयारीमा जुटेको भिरकोट नगरपालिका मेयर छाँयाराम खनालले बताए । उनले यहाँ आउने खेलाडीलाई होम स्टेमा राख्ने काम देखि सबै प्रवन्धहरु मिलाउन कम्मर कसेर लागेको बताए । उनले भने–“ठ्याक्कै पोखरा जस्तो सुबिधा त दिन सक्दैनौ होला तर प्रयास गर्दैछौं ।”
नेपालका लागि १८ औ एशियाली खेलमा पदक जितेर देशको इज्जत धान्ने प्याराग्लाइडिङ खेलको विश्वकप स्याङग्जामा हुनुले पनि राज्य संग गाँसिएको प्रतिष्ठाको विषय भएको बताउँदै मेयर खनालले भने– “हामी यूद्धस्तरमा काम गरिरहेका छौ र यसको तयारीमा जुटेका छौ ।” त्यती मात्र होइन स्याङजामा आयोजना हुने विश्वकपका लागि त्यहाँका सम्पूर्ण स्थानिय निकायहरु जिल्ला समन्वय समिती मार्फत ३ देखि ५ लाख सम्म लगानी गरेर जुटेका छन ।
तर ठिक त्यसको उल्टो जहाँ यो खेलले प्रतिष्ठा कमायो त्यही जिल्ला कास्कीमा भने कुनै पनि स्थानिय निकायलाई यस बारे खासै चासो समेत छैन ।
स्याङग्जाको भिरकोटमा आयोजना हुने विश्वकप प्याराग्लाइडिङ खेलका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलोम्पिक कमिटी, स्याङग्जा जिल्ला समन्वय समिती, स्याङजाका ११ वटा स्थानिय निकायहरु सहयोगीका रुपमा रहेका छन भने आयोजकका रुपमा नेफा र स्थनिय आयोजकका रुपमा नेपाल हवाई खेलकुद संस्था (ना) र बाबु एडभेन्चर क्लब,स्याङजा रहेका छन ।
कर बिबादका कारण प्याराग्लाइडिङका ठूला प्रतियोगिताहरु पोखरा बाट विस्थापित हुँदै, पूर्वाधार बन्न सकेन
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’