मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङमा पर्ने कोरला नाका सञ्चालनमा ल्याउन चिनियाँ अधिकारी सकरात्मक भएका छन्। दुई देशका सरकारी अधिकारीबीच मुस्ताङमा सम्पन्न द्विपक्षीय बैठकमा कोरला नाका खोल्ने नेपाली पक्षको प्रस्तावलाई चिनियाँ पक्षले सकरात्मक रुपमा लिँदै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको हो। व्यापारिक दृष्टिकोणले यो नाका महत्वपूर्ण छ।
चिनियाँ अधिकारीले बन्द रहेको नाका खोल्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । ‘नाका खोल्ने हाम्रो प्रस्तावमा उहाँहरु सकारात्मक देखिनुभएको छ,’ पौडेलले भने, ‘नाका खोल्नकै लागि पूर्वाधार निर्माण गरिरहेको चिनियाँ अधिकारीहरुले जानकारी दिनुभयो।’
चीनले नाकाबाट तिब्बततर्फको भूमिमा भन्सार, क्वारेन्टाइन, ड्राइपोर्टको लागि दुई ठूला अन्डर ग्राउन्ड भवन निर्माण गरिरहेको पौडेलले बताए। ‘एकीकृत भन्सारका लागि आवश्यक पूर्वाधार चिनियाँ पक्षले निर्माण गरिरहेको छ,’ प्रजिअ पौडेलले भने।
दुई–तीन महिनापछि चीनतर्फ हुने वार्तामा यो विषयमा थप छलफल हुने उनले बताए । बैठकमा चीनको तर्फबाट तिब्बत सिगात्से बोर्डर चिफ अफ कर्नेल गैरीले नेतृत्व गरेका थिए।
कोरला नाकामा नेपालले पनि एकीकृत भन्सार चौकी निर्माण गर्न हजार रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको प्रजिअ पौडेलले बताए । ‘हामीले पनि पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन सुरु गरेका छौं,’ पौडेलले भने, ‘प्रहरी चौकी, भन्सार, क्वारेन्टाइन, ड्राइपोर्टलगायत पूर्वाधार निर्माण गर्ने योजना छ।’
बैठकमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी र तिब्बतको ढोङ्वासेन र साँगासेनका अधिकारी सहभागी थिए । केही महिनापछि तिब्बतमा सम्पन्न हुने बैठकमा समझदारीपत्रमा हस्ताक्षर हुने पौडेलले बताए।
सीमा क्षेत्रसम्म चीनले पक्की सडक ल्याएको छ । बेनीदेखि जोमसोम हुँदै कोरलासम्म ग्राभेल सडक निर्माण भइसकेको छ । सडक स्तरोन्नति गर्ने तयारी छ । यो नाका सञ्चालनमा आए प्रदेश नम्बर ४ मा सामान आयात गर्न सजिलो हुन्छ।
सुरक्षा संवेदनशीलता देखाउँदै यो नाका सन् २००३ मा बन्द भएको थियो । मुस्ताङसँग जोडिएको यो नाका व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेकोले सञ्चालनमा ल्याउन संसदको विकास समितिले यसअघिनै सरकारलाई निर्देशन दिएको थियो । सीमासम्मै यातायात सुविधा पुगेको र भू–बनोट हेर्दा कोरला तत्काल खोल्न उपयुक्त ठहर गर्दै संसदको विकास समितिले प्रधानमन्त्रीलाई यसअघिनै प्रतिवेदन बुझाएको थियो । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी–खासा नाका बन्द छ । केरुङ–रसुवागढी नाका सञ्चालनमा छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो