किरण श्रेष्ठ, तनहुँ । देशमा पछिल्लो समय बढ्दै गरेको बलात्कारका घटनाका बलात्कारीलाई कडा कारर्वाहीको माग गर्दै बिहीबार दमौलीमा युवाहरुले प्रदर्शन गरेका छन् ।
जागौं युवा नेपालको आयोजनामा दमौलीको अनसनचोकबाट अनुहारमा बलात्कार बिरोधी फेस पेन्ट सहित शुरु भएको र्याली दमौलीको मेनचोकमा हस्ताक्षर कार्यक्रममा परिणत भएको थियो ।

बढ्दो घटनाका दोषीलाई कडा कारर्वाही नहुदाँ बलात्कारका घटना दिनानुदिन बढ्न थालेकाले बलात्कार घटनाका दोषीलाई कारर्वाही गर्न सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सहित बलात्कार बिरोधी र्यालीको आयोजना गरिएको जागौं युवा नेपालले जनाएकाे छ ।

करिब ४५ मिनेटसम्म दमौलीको मेनचोकमा संकलन गरिएको हस्ताक्षर संकलन अभियानमा दुई सय भन्दा बढि सर्वसाधारणले सहभागिता जनाएको जागौं युवा नेपालका सचिव सागर घिमिरेले घिमिरेले जानकारी दिए । संकलित हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने जागौं युवा नेपालले जनाएको छ ।
बलात्कार बिरुद्धको अभियानमा बालबालिका, युवा र बृद्धबृद्धाको सक्रियताका साथ हस्ताक्षर गरेर बलात्कारीलाई कडा कानुनी कारर्वाही हुनुपर्ने कुरामा ऐक्यबद्धता व्यक्त गरेका थिए ।




सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा