सुन्दरकुमार थकाली
मुस्ताङ,१८ असोज ।
मुस्ताङको थासाङ गाउपालिका २ सौरुका बाढि पहिरो पीडित परिवारलाई राहत बितरण भएको छ ।अमेरिक स्थित सौरु गाउँका प्रवासी नेपालीहरुको आथिक सहयोग मार्फत पीडित परिवारलाई राहत बितरण गरिएको जनाईएको छ ।
अमेरीकामा बसोबास गर्दै आईरहेका राहत संयोजक निशाना भट्चन,मनोज भट्चन तथा ममता शेरचन,रक्षा भट्चन,प्रतिक गौचन,सुमिता गौचन,शान्ति शेरचन,सुप्रिया भट्चन,सुभना शेरचन,प्रेम गौचन,बिजया शेरचन,ओम भट्चन र रश्मी भट्चनले सौरु बाढी पीडितलाई राहत बितरण गर्न प्रतिष्ठानलाई रकम पठाएका हुन् । ।
ओमबिकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले प्राप्त रकम पीडितलाई हस्तान्तरण गरेको छ ।अमेरीकी प्रवासी टोलीले १ लाख ८१ हजार रुपैया प्रतिष्ठानको नाममा पठाएको र उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरेको अध्यक्ष शवि शेरचनले जनाईन् । बुधबार कोवाङ खन्तीमा भएको कार्यक्रममा पीडितलाई परिवारलाई क्षति अनुसार रकम बितरण गरेको उनले बताईन् ।

थासाङ २ सौरु गाउँमा राहत बितरण
उनका अनुसार सौरु आधारभुत बिद्यालयलाई ६१ हजार,सौरु आमा समूहलाई २० हजार तथा स्थानीय दिपक तुलाचन,धनबहादुर खत्री,आईबहादुर दमाई,प्रसाद मगर,बुधे मगर,अमृत तुलाचन राम गौचन लगायत १० घरधुरीलाई जनही १० हजारका दरले राहत उपलब्ध गराएको अध्यक्ष शेरचनले जानकारी दिईन् ।पीडित परिवारलाई जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,चन्द्रकुमारी भट्चन र संस्थाकी अध्यक्ष शवि शेरचनले राहत हस्तान्तरण गरेको प्रतिष्ठानले जनाएको छ ।
राहत बितरण समारोहमा जिसस प्रमुख गुरुङले आफ्नो जन्मथलोमा परेको विपत्को चिन्ता लिदै यसप्रकारको सहयोग हुनु सहनीय पक्ष भएको बताईन् ।उनले जिल्लामा भएको बाढी पहिरोले लाखौ रुपैयाको धनजनको क्षति भएको उल्लेख गर्दे पीडित परिवारलाई राहत प्रदान गर्नु मानवीय धर्म भएको टिप्पणी गरिन ।प्रमुख गुरुङले जिल्लाका दैवी प्रकोप पीडित परिवारलाई सहयोग गर्न समन्वय समितिले पहल गर्ने प्रतिबद्धता जनाईन् ।
संस्थाकी अध्यक्ष शवि गौचनले ओमबिकास तथा देउकुमारी प्रतिष्ठानले सृजनात्मककार्य गर्दे आएको बताईन् ।उनले प्रतिष्ठानले बाढि पहिरो पीडित देखि शैक्षिक भौतिक सेवामा समर्पित रहदै आएको जनाईन् ।
तीन साता अघि आएको अबिरल वर्षाका कारण थासाङ २ सौरु गाउँमा रहेको एक बिद्यालय ,आमा समूह भवन तथा १० घरधुरी प्रभावित भएका थिए ।सौरु गाउँ माथिको बाढिले स्थानीयले लगाएको अन्नबाली तथा खेतीयोग्य जमिन नष्ठ गरेको संस्थाकी अध्यक्ष शेरचनले जानकारी दिईन् ।बाढी पहिरोले थासाङ २ देखि ५ नम्बर वडामा रहेका गाउँहरुमा आर्थिक धनजनको क्षति पु¥याएको थासाङ गाउँपालिकाले जनाएको छ ।
ओमबिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान हस्तान्तरण गरेको छ ।अमेरीकी प्रवासी टोलीले १ लाख ८१ हजार रुपैया प्रतिष्ठानको नाममा पठाएको
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?