सरोज अर्याल, स्याङ्जा । पुतलीबजार नगरपालिका कार्यालयले गुपचुप रुपमा आँधिखोलाको गिट्टी बालुवाको (ठेक्का) काम को बाँडफाँड गरेको छ ।
आँधीखोलालाई ४ नाका बाँडेको र २ वटा नाकाको फाइनल भएपछि बाँकी २ नाका सेतिदोभान र पुतलीबजार १ आँधिखोलाको नाकामा गुपचुप भएको छ । पहिले निकालेको १५ दिने सूचनामा कसैको आवेदन नपरेपछि ७ दिनको सूचना जारी गरिएकोमा त्यसमा पनि काम थोरै तर मूल्य मर्का गर्ने गरी भएको कारण पछि घटेपछि आवेदन हाल्ने भन्दै व्यवसायीहरु एक मत थिए । तर हप्ता दिने सूचना नै ननिकाली गुपचुप रुपमा काम दिएको स्याङ्जाका युवा व्यवसायी गौरब श्रेष्ठ बताउँछन् ।
नगरपालिका कार्यालय राजश्व शाखाकी सिर्जना लामिछानेले भने यो कुरा स्विकार गरिनन् । ‘हामीले पछि पनि ३ दिने सूचना निकालेका थियौं, कसले च्यातेर फाल्यो थाहा छैन । कुनै व्यवसायीले उप्काएर फालेको हुनुपर्छ । हामी प्रक्रियामा गएको हो ।’ उनले भनिन् ।
व्यवसायी भने नगरपालिकाको रणनीति भएको बताउँछन् । ‘नगरपालिकामा गएर सूचना पार्टीको सूचना कसैले च्यात्न सक्दैन । यिनीहरुको रणनिति हो ।’ व्यवसायी डोल बहादुर मल्लले भने– ‘हामि दिनदिनै नगरपालिका जाँदा कर्मचारीले हामिलाई थाहा छैन । सुचना निकालेको छैन भन्ने तर एक्कासी त्यही बेलुका ठेक्का अरुलाई पर्नु अचम्मको कुरा छ । त्यही दिन फेरि ३ दिने सूचना निकाल्नुको औचित्य के ? यो मिलेमतोमै हो । सरकारकी कर्मचारीको काम यही हो ?’
स्याङ्जाका ठेकेदारहरुको पनि यसमा विरोध छ । पुतलीबजार नगरपालिकाका प्रमुख, उपप्रमुख लगाएत जनप्रतिनिधिहरुको समेत ध्यानाकर्षण गराएको अर्का व्यवसायी कृस्ण भुजेलले जानकारी दिए । अदालतमा मुद्दा हाल्ने र अख्तियारमा निवेदन दिने तयारी पनि भएको मल्लले गण्डकन्युजलाई जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान