पोखरा । ५० हजार रुपैयाँ घुससहित मातपोत कार्यालय कास्कीका दुई कर्मचारी समातिएका छन् । ५० हजार रुपैयाँ घुस लिँदै गर्दा कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई मंगलबार पौने ५ बजे कार्यालयबाटै पक्रेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस लिँदै गर्दा कर्मचारीलाई समातेको हो ।
केहि दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गर्दै भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको बताएका थिए । आज मात्रै भूमिसुधार मन्त्री पद्मा अर्यालले खाली भए नयाँ नियुक्ति गर्ने भन्दै आफूलाई मालपोत र नापीका कर्मचारी भ्रष्ट हुँदा लाजले टाउको निहुराउनुपर्ने अवस्था बनेको बताईन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे मंगलबार पोखरा आइपुगेको बेला पोखरा कार्यालयले घूससहित मालपोत कर्मचारी समातेको संयोग जुरेको छ । पोखरा मासबारमा बन्न लागेको अख्तियारको प्रादेशिक कार्यालय भवनको बुधबार प्रमुख आयुक्तले शिलान्यास गर्दैछन् ।
जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग उनीहरुले घूस लिएका थिए । छिटो काम गर्ने भन्दै ती कर्मचारीले सेवाग्राहीसँग घूस लिएको अख्तियार स्रोतले जनाएको छ । बैंकमा जग्गा धितो राख्न ढिला हुँदा ऋणदर बढ्ने भन्दै हतारिएका सेवाग्राहीको समस्या देखेर अत्तो थाप्दै कर्मचारीले घूस लिएका हुन् ।
ती कर्मचारीलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’