पोखरा । ५० हजार रुपैयाँ घुससहित मातपोत कार्यालय कास्कीका दुई कर्मचारी समातिएका छन् । ५० हजार रुपैयाँ घुस लिँदै गर्दा कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई मंगलबार पौने ५ बजे कार्यालयबाटै पक्रेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस लिँदै गर्दा कर्मचारीलाई समातेको हो ।
केहि दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गर्दै भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको बताएका थिए । आज मात्रै भूमिसुधार मन्त्री पद्मा अर्यालले खाली भए नयाँ नियुक्ति गर्ने भन्दै आफूलाई मालपोत र नापीका कर्मचारी भ्रष्ट हुँदा लाजले टाउको निहुराउनुपर्ने अवस्था बनेको बताईन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे मंगलबार पोखरा आइपुगेको बेला पोखरा कार्यालयले घूससहित मालपोत कर्मचारी समातेको संयोग जुरेको छ । पोखरा मासबारमा बन्न लागेको अख्तियारको प्रादेशिक कार्यालय भवनको बुधबार प्रमुख आयुक्तले शिलान्यास गर्दैछन् ।
जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग उनीहरुले घूस लिएका थिए । छिटो काम गर्ने भन्दै ती कर्मचारीले सेवाग्राहीसँग घूस लिएको अख्तियार स्रोतले जनाएको छ । बैंकमा जग्गा धितो राख्न ढिला हुँदा ऋणदर बढ्ने भन्दै हतारिएका सेवाग्राहीको समस्या देखेर अत्तो थाप्दै कर्मचारीले घूस लिएका हुन् ।
ती कर्मचारीलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु