पोखरा । अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ल्याब मेसिनबाट सेवा दिइरहेको पोखरा सभागृहचोक स्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)सँग विभिन्न संस्थाहरु जोडिने क्रम बढ्दो छ ।
सेवामा सहुलियत दिने सम्बन्धी सम्झौता हालसम्म २२ संघसंस्थाले यूआरएलसँग गरिसकेको छ । कुमारी बैंक लिमिटेड र यूआरएलबीच सेवामा सहुलियत दिनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् ।
बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ । बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए । देशभर कुमारीका ९० शाखा र करिब ३ लाख सेवाग्राही छन् ।
युआरएललका प्रबन्ध निर्देशक पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । यूआरएल पछिल्लो क्रममा गुणस्तरीय सेवाकै कारण भाइब्रेन्ट रोस युजर अवार्ड २०७५ बाट समेत सम्मानित भइसकेको छ ।
सम्बन्धित समाचार:
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह