पोखरा । कास्कीको साविक सार्दिखोला, माछापुच्छ्रे वडा नं. १, करुवामा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । मुख बोल्न नसक्ने ४३ वर्षकी महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ ।
यस घटनालाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ । महिलालाई सोमबार मेडिकल जाँचका लागि ल्याइएको छ । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले घटना भएको र संलग्न दुवै जना पक्राउ गरिसकेको जानकारी दिए । ‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’
भागेका एक जना आरोपीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको श्रोत बताउँछ । स्थानीय करुवा भन्ने स्थानमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले मदिरा सेवन गरेपछि महिलालाई बलात्कार गरेको बताइएको छ ।
शुक्रवार राति एक बजेको समयमा घरमा कोही पनि नभएको मौकामा उनीमाथि बलात्कार भएको कास्की प्रहरीको भनाई छ । सार्दिखोलाको भराभरीबाट एक घण्टाको दुरीमा रहेको करुवामा मान्छे मरेको ठाउँमा कुर्न गएका दुई युवाले राती उनीमाथि बलात्कार गरेको बताईन्छ । शनिबार विहान भराभरीमा चोरी भएको सूचना पाएपछि सार्दिखोला प्रहरीचौकीबाट प्रहरी टोली गाउँ पुग्दा प्रहरीलाई देखेपछि स्थानीय महिलाहरुले घटनाबारे जानकारी गराएका थिए ।
कास्कीमा पनि हप्तै जसो बलात्कारका घटना भइरहेका छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो