सुन्दरकुमार थकाली, मुस्ताङ । दसै पर्व २०७५ को अवसरमा थासाङ २ सौरु गाउँमा अन्तर गाउँस्तरिय भलिबल प्रतियोगिता भएको छ ।एक आपसका गाउँबीच खेलका माध्यमबाट मैत्रीपूर्ण संम्वन्धलाई थप प्रगाढ तुल्याउने उद्देश्यले सिक्सस्टार क्लव सौरुले प्रतियोगिता आयोजना गरेको हो ।
शुत्रबार देखि आईतबार ३ दिनसम्म सौरु खेल मैदानमा संञ्चालन भएको भलिबल प्रतियोगितामा थासाङ २ लार्जुङ गाउँ च्याम्पियन बनेको हो ।आज भएको अन्तिम फाईनल खेलमा लार्जुङले बोक्सीखोलालाई ३–१ को सेटले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बनेको लार्जुङले उपाधि संगै नगद २५ हजार प्राप्त ग¥यो ।यस्तै उपबिजेता बोक्सीखोलाले नगद १५ हजारमै चित्त बुझाएको छ ।
यसअघि भएको सेमीफाईनलमा लार्जुङ भर्सेस धम्पु र कोवाङ ए भर्सेस बोक्सीखोला आमने सामने भएका थिए ।प्रतियोगिताको सर्वोउत्कृष्ठ खेलाडी अजित गौचन घोषित भए ।
अन्तर गाउँ स्तरिय दसै कप भलिबल प्रतियोगितामा छयो, लेते ए, लेते बि, धम्पु, नाउरिकोट, चिमाङ, मार्फा, देउराली, लार्जुङ,सौरु, कोवाङ ए, कोवाङ बि, टिटी नाकुमगरी कुल १४ टिमको सहभागि रहेको थियो । प्रतियोगिताका बिजेतालाई थसाङ २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले पुरस्कार प्रदान गरेका थिए ।अध्यक्ष हिराचनले दसैको अवसरमा संञ्चालन भएको प्रतियोगिताले अन्तर गाउँबीचको सम्वन्धलाई दरिलो बनाउने प्रयास भएको बताए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?