सदरमुकाम देखि गुमनाम बनेको साङ्ता गाउँ

सदरमुकाम देखि गुमनाम बनेको साङ्ता गाउँ

44931891_567954353639915_9052446189743505408_n

सुन्दरकुमार थकाली
मुस्ताङ,११,कार्तिक
मुस्ताङ जिल्लाकै भूगोल भित्र रहेर पनि सदियौकाल देखि बेखबर जस्तै बनेको बस्ती हो साङ्ता गाउँ ।यो बस्ती ३० को दशक अघि मात्र पत्ता लागेको हो ।

छिमेकी जिल्ला डोल्पा र मुस्ताङबीच पहाडको खोचमा अवस्थित साङ्ता गाउँ जोमसोम सदरमुकाम देखि करिव ४० किलोमिटर पश्चिममा पर्दछ ।वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने यस गाउ संग फल्याक र धाकार्जुङ जोडिएको छ।तर एउटै वडामा रहेर पनि यि दुई गाउ भौगोलिक दृष्ट्रिकोणले साङ्ताक निकै टाढा छ ।दुरीका हिसाबले एउटै वडाको गाउबीचको फरक २५ किलोमिटर छ ।


हेर्दा एकदमै सामान्य जीवनयापन व्यतित गर्दै आएका साङ्तेली समूदायको परिचय उनीहरुको प्रत्यक्ष भेषभूषाले झल्काउछ ।बस्तीका अधिकाश समूदाय अशिक्षित जस्तै छन् ।कतिपय उनीहरु शुद्ध नेपाली भाषा समेत बोल्न जानेका छैनन्।गाउमा कुनै अपरिचित मानिस उपस्थित भएमा आफ्ना कुरा अरु समक्ष खुलस्त राख्न समेत हिच्किच्याउछन् ।फुस्रो भूगोलमा अहिले करिव १३ घरधुरीको बस्ती छ।एकआपसमा जोडिएका गुजुमुच्च जीर्ण माटो र ढुङ्गाले निर्माण गरिएका घरहरुले गरिवी र अभावको संङ्केत गर्छ ।चारैतिर पहाडै पहाडले घेरिएको बस्तीको तल पट्टी सानो नदी पनि छ ।बस्तीमा करिव ३२ महिला र २८ पूरुषगरि ६० घरधुरीको बसोबास छ ।जसमा साना वालवालिकाको संख्या १७ छन्।

साङ्तेलीहरुको मूख्य आयआर्जनको श्रोत हो सामान्य खेतीवाली,पशुपालन र व्यापार व्यसायनै हो ।गाउमुखिया पेमा गुरुङका अनुसार बस्तीका ६ घरधुरीले ३४ वटा याक र ३ सय वटा भेडाच्याङ्ग्रा पालन गरेका छन् ।साङ्तेली समूदायले चौरी गाईको दुधबाट दुध,दहि,घ्यू ,छुर्पि बनाउने र सिजनमा भेडाच्याङ्ग्रा र याक बिक्री गरेर जिविका चलाउदै आएको मुखिया पेमाले बताए ।वर्षायामको समय खेतीवाली, पशुपालन तथा व्यापार गर्ने र हिउदयाममा डोल्पा जाने बाटोको छेउ पारिलो घाम लाग्ने स्थानमा बस्ती सर्ने गर्छन् ।

यतिबेला साङ्तेलीहरु अर्को स्थानमा बस्ती सर्ने क्रममा छन् ।गाउँमा चिसो बढेकाले उनीहरु अस्थायी बस्ती सर्ने क्रममा गाउबाट केही घण्टाको दुरी टाढा जादै छन् ।हिउदयामको पुरै ६ महिनाका लागि खाद्यान्न जोहो गर्न करिव २ घण्टाको पैदल बाटोमा सामान ओसार्ने क्रममा छन् ।जहा पुग्न यातायातको सुविधा छैन् ।हिउदमा कुनै कामकाज नहुने भएकाले घरेलु उत्पादनका सामाग्री तयार गर्नमा जुट्ने गरेको स्थानीय छेवाङ गुरुङले बताए ।‘हिउदमा कुनै कामकाज हुदैन,घाम तापेरै दिन बित्ने गर्छ ,’उनले भने,‘अरु ठाउका मानिस चिसो छल्न बेशी झर्ने गर्छन् ।हामी पहाडकै फेदमा दिन काट्न बाध्य छौं ।’

साङ्तेली समूदायलाई वर्षेनी उत्पादन गरेको बालीले ६ महिना धान्न मुश्किल पर्छ ।त्यसका अलावा उनीहरुले पशूपालन तथा छिमेकी जिल्ला डोल्पातर्फ ब्यापार गर्न जाने गरेका छन् ।केहीले भने गाउमै सानो तिनो होटल गरेर बसेका छन् ।खेतीपाति गदै आएको अहिलेको बस्ती साङ्ता पूरै समय सुनसान हुन्छ । मालसामानको ढुवानी तथा पैठारी गर्दा यही बस्ती हुदै मुस्ताङको जोमसोम आईपुग्छन् डोल्पालीहरु ।आशिंक रुपमा बैकल्पिक पदमार्ग हुदै बिदेशीहरु डोल्पाबाट साङ्ता हुदै मुस्ताङ ओहोर–दोहोर गर्ने गर्छन् ।

गाउमा ३ कक्षा सम्म एकआधारभूत बिद्यालय बाहेक कुनै सरकारी निकायको उपस्थिती देखिन्न ।बस्तीमा रहेका सिमित परिवार वालवालिकाले मात्र अध्ययन गरेको पाईएको छ ।गाउमा जम्मा कुल १० जना मात्र अर्धशिक्षित रहेको मेन्दोक गुरुङले बताईन् ।उनका अनुसार गाउमा स्वास्थ्य चौकी समेत नभएको जानकारी दिईन् ।कुनै ठुलो बिरामी पर्दा सदरमुकाम सम्म आईपुग्न समस्या पर्ने गरेको उनको भनाई छ ।उनले भने,सामान्य बिरामी हुदा समेत उपचार गर्ने ठाउ नभएकाले राज्यले यसको संम्वोधन गर्न आवश्यक भएको बताईन् ।जिल्लाकै सबै गाउमा बिद्युत बिस्तार भईसकेपनि यहा कुनै बिजुली बल्न सकेको छैन ।निर्वाचनका समय केही राजनितिक पार्टीले सामान्य सोलारको व्यवस्था गरेकाले केही राहतको महशुस गर्न पाएका छन् ।साङ्ताकमा संञ्चारका लागि सिडिएम फोनका मात्र पहच पुगेको छ ।फोनको सूविधा पुगेपनि बस्तीका आधाजसोले मात्र यसको प्रयोग गरेको मेन्दोक गुरुङले बताईन् ।

केही वर्षअघि साङ्ता गाउमा अस्थायी यातायातको पहुच पुगेको हो ।बस्तीमा सडक नपूग्दा यहाका स्थानीय सदरमुकाम सम्म आईपुग्न पुरै दिनै खर्चिनु पर्ने बाध्यता थियो ।अस्थायी सडकको बिकासले यहाका स्थानीयलाई खाद्यान्न ढुवानी गर्न सहज पुगेको छ ।तर यहा सडकको पहुच पुगेपनि सार्वजनिक सवारी साधन संञ्चालन गर्नेमा चासो दिएको पाईदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

ट्रेन्डिङ