काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद उत्पन्न भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि पनि प्रश्न उठेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रालय आफैं मातहत राखेका छन्।
मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृह पनि आफूसँगै राखेका हुन्। रास्वपाबाट गृहमन्त्रालयमा राजु पाण्डे, विश्वराज पाेखरेल, मनिष झा, दीपक बोहोरा, डा.अमरेशकुमार सिंहसहितको नाम चर्चामा रहेपनि तत्काल कसैलाई मन्त्री नियुक्त नगर्ने तयारी प्रधानमन्त्रीको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अहिले कसैलाई बनाउने तयारी छैन। प्रधानमन्त्रीज्यू माताहत नै रहेनेछ।’
प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय सुरुबाटै आफूसँगै राख्दै आएका छन्।
बालेननिकट स्रोतका अनुसार अहिले गृह मन्त्रालय आफैँसँग राखेर सुधन गुरुङबारे छानबिन गर्ने मनसायमा प्रधानमन्त्री बालेन छन् ।
त्यसरी गठन हुने समितिले निष्कर्ष नदिएसम्म गृहमन्त्रालय प्रधfनमन्त्रीको साथमा हुनेछ र समितिले दोषी किटान नगरेको अवस्थामा गुरुङ नै गृहमन्त्री हुन सक्ने पनि बालेननिकट स्रोतको दाबी छ ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट निर्माण प्रक्रियाका क्रममा बिचाैलियालाई करको दर हेरफेर गर्ने जिम्मा दिएको भन्दै विवाद भएपछि संसदीय छानबिन समिति गठन भएको थियो । समिति बनेपछि शर्माले राजीनामा दिएका थिए ।
समितिले शर्मा दोषी नभएको प्रतिवेदन बुझाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: नियुक्ति गरेका थिए । सुधन प्रकरणमा पनि सोही घटना दोहोरिन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, गृहमन्त्रालय तत्काललाई प्रधानमन्त्री शाहले आफैं सम्हाल्ने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यसरी फेरिँदैछ रुपाको रुप
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
२०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह