गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पा जिल्लाको सिमाना राम्दीमा निर्माणाधीन कालीगण्डकी पुलको अधिकांश काम सकिएको हो ।
२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल केही ढिलाइपछि सम्पन्नतर्फ अघि बढेको हो । २०७९ असार ३० गते २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँ लागतमा पुल निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुसार गएको असार २९ गतेभित्र काम सक्नुपर्ने भए पनि विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेको हो ।
निर्माण कम्पनीका साइट इन्जिनियर अविरल शर्माका अनुसार निर्माण सुरु हुन ढिलाइ हुनुका साथै केही प्राविधिक समस्या देखिएकाले तोकिएको ३६ महिनाभित्र काम पूरा गर्न नसकिएको हो ।
२०२८ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै बनेको पुरानो ट्रस पुल जीर्ण बन्दै गएपछि त्यसको पूर्वतर्फ नयाँ पुल निर्माण थालिएको हो । १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो नयाँ पुल ‘आर्च थ्रु’ डिजाइनमा निर्माण भइरहेको छ ।
हालसम्म पुलको करिब ९० प्रतिशत काम सकिएको इन्जिनियर शर्माले बताए । पुलको माथिल्लो भागमा स्ल्याब राख्ने काम पूरा भइसकेको छ भने पैदलयात्रीका लागि बनाइने संरचनाको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नयाँ पुल सञ्चालनमा आएपछि कालीगण्डकी नदी सुरक्षित रूपमा वारपार गर्न सहज हुने स्थानीयवासीको अपेक्षा छ । पुरानो पुलमा १५ टनभन्दा बढी भार बोकेका ट्रक सञ्चालनमा रोक लगाइएकाले स्याङ्जा क्षेत्रमा ढुवानी लागत बढ्दा दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
सम्बन्धित खबर
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल