सुन्दरकुमार थकाली
मुस्ताङ,१३ कार्तिक ।
स्वर्गिय कवि भूपि शेरचनको पूख्यौली थलो थासाङ १ टुकुचेमा थाक सामूदायिक पुस्तकालयको नव निर्मित भवनको उद्घाटन भएको छ ।
रिड ग्लोबल संस्थाका संस्थापक अध्यक्ष डा. एन्टोनिया रोजले बिहिबार एक समारोहकाबीच भवनको उद्घाटन गरेका हुन् ।संस्थापक अध्यक्ष रोजले साहित्यको उर्वरभूमी थाकखोलामा संस्थाले पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाउनु गौरव लागेको बताए ।
यस्तै,गाउपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचने पुस्तकालय भवनको भौतिक संरचना निर्माण सहयोग पु¥याएको रिड प्रति आभार व्यक्त गरे ।उनले पुस्तकालय भवन र यहा रहेको खोज र साहित्यीक सामाग्रीले सबै बर्गलाई केही सिक्ने र ज्ञाान आर्जन गर्ने बानीको बिकास गर्नमा सहयोग पुग्ने अपेक्षा गरे ।

२०७२ सालको महाभुकमप्पबाट क्षतिग्रष्त पूस्तकालय भवन निर्माणका लागि रिड ग्लोबलले २५ लाख सहयोग गरेको हो ।यस्तै,भवनका निर्माणका लागि साविकको टुकुचे गाविसबाट ५ लाख ,सासद बिकासकोषबाट १ लाख ,पूस्तकालय कोषबाट रु १२ लाख ९७ हजार गरी ४३ लाख ९७ हजारमा भवनको संम्पूर्ण संरचना पूरा भएको हो ।
साथै पुस्तकालायकक्ष व्यवस्थापन(फर्निचर,पुस्तक,कम्प्यूटर,श्रव्यदृष्य सामाग्री खरिद,) गर्न र १७ लाख ५५ हजार समेत प्राप्त भएको थियो ।समाज सेवी कल्पना शेरचनले २ लाख ५० हजार बराबरको जग्गादान गरेकी थिईन् ।त्यस्तै स्थानीय बिमला तुलाचनले शौलाचलय चाहिने सामाग्री प्रदान गरेकी थिईन् ।भवनका लागि रिड ग्लोबल र स्थानीय समूदायको संयूक्त लगानीबाट ३ तले पक्की भवन निर्माण गरिएको हो ।
वडाअध्यक्ष रत्नप्रसाद ज्वाहारचन, खेम्बो लामा डा. किरणध्वज तुलाचन,टुकुचेका समासेवी पथबहादुर थकाली र ईन्द्रबहादुर तुलाचनसहित गाउँको प्रबुद्ध व्यक्तिहरुको उपस्थिती रहेको उद्घाटन कार्यक्रमको संञ्चालन श्रोत व्यक्ति गोबिन्द श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?