असी प्रतिशत स्याउ प्रदेशमुकाम निर्यात

असी प्रतिशत स्याउ प्रदेशमुकाम निर्यात

g1

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा उत्पादित ८० प्रतिशत स्याउ बिक्रीका लागि प्रदेश मुकाम निर्यात भईसकेको परियोजना कार्यान्वयन ईकाई स्याउ जोन कार्यालय जोमसोमले जनाएको छ ।कार्यालयका अनुसार उत्पादित बाँकी २० प्रतिशत स्याउ स्थानीय स्तरमै खपत हुने गरेको छ ।स्याउको खुद्रा बिक्री,स्याउको सुकुटी,जुस र ब्राण्डी आदीका लागि खपत हुने गरेको छ ।

मुस्ताङमा यसवर्ष ५८ सय मेट्रिकटन स्याउ उत्पादन भएको छ । गतवर्ष ५३ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ मेट्रिकटन स्याउ बढी उत्पादन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ईकाई स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिव पुजन गुप्ताका अनुसार यसवर्ष ४ सय ५० हेक्टर जमिनमा लगाईएको १ लाख ३५ हजार स्याउका बोटबाट ५८ सय मेट्रिकटन स्याउ उत्पादन भएको हो ।

गत वर्ष ४ सय १५ हेक्टर जमिनमा लगाईका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५३ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।यसवर्ष स्याउ बढी उत्पादन हुनुमा स्याउ फल्ने बोटको क्षेत्रफल बृद्धि मुख्य कारण भएको अधिकृत गुप्ताको भनाई छ ।यसवर्ष ३५ हेक्टर जमिनमा १० हजार ५ सय स्याउका फल लाग्ने बोट थपिदा स्याउ उत्पादनमा प्रगति देखिएको हो ।

स्याउ उत्पादन बृद्धिको मुख्य कारण उत्पादनशिल क्षेत्रफलको बृद्धिका अलवा जिल्लाका किसानहरुले लगाएका स्याउ बगैचामा समस्या नदेखिनु रहेको छ ।किसानहरुले आफ्ना स्याउ बोटहरुको उचित गोडमेल तथा काटछाट गरेकाले स्याउ बढी फलेको हो ।यस्तै, स्याउमा लाग्ने बिभिन्न रोगहरुको समेत न्यूनिकरण तथा रोगथामका सावधानी अपनाईकाले यसवर्ष स्याउमा उत्पादनमा बृद्धि भएको हो ।

मुस्ताङका ५ वटै स्थानीयतह गरेर कुल १२ सय हेक्टर जमिनमा स्याउका बोटहरु लगाईएको छ ।जसमध्ये सबैभन्दा बढी स्याउ उत्पादन हुने घरपझोङ गाउँपालिका रहेको ईकाई स्याउ जोन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार यसपछि वारागुङ मूक्तिक्षेत्र गाउँपालिका र थासाङ गाउपालिका छन् ।लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकामा आंशिक स्याउ उत्पादन हुने गरेको छ । शितोष्ण वागवानी बिकासकेन्द्र मार्फामा ३४ मेट्रिकटन स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।गत वर्ष २५ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यसवर्ष ९ मेट्रिकटन स्याउ बढी उत्पादन भएको हो ।

बागवानीमा ३५ मेट्रिकटन

केन्द्रका वरिष्ठ बागवानी बिकास अधिकृत बालकृष्ण अधिकारी अनुसार यसवर्ष रेड डेलिसियस,रोयल डेलिसियस रिचारेड डेलिसियसगरि रातो जातको स्याउ २९ मेट्रिक टन स्याउ उत्पादन भएको हो । गतवर्ष २१ मेट्रिकटन स्याउ उत्पादन भएको उनले बताए ।त्यस्तै,गोल्डेन डेलिसियस सेतो जातको स्याउ गतवर्ष ४ मेट्रिकटन उत्पादन भएकोमा यसवर्ष ५ मेट्रिकटन उत्पादन भएको अधिकारीले जानकारी दिए ।यसवर्ष रातो जातको स्याउमा ८ र सेतो जातको स्याउमा १ मेट्रिकटनले बृद्धि भएको छ ।

बागवानी बिकासले यसवर्ष रातो जातको स्याउ १५ लाख ७० हजारमा ठेक्का टेन्डर गरेको छ ।यस्तै,सेतो गोल्डेन स्याउ भने थोक बिक्री गरेको छैन ।बागवानीले गोल्डेन स्याउ ब्राण्डी,साईडर,जुस र स्याउको सुकुटी प्रशोधनका लागि संञ्चय गरेको अधिकारीले जनाए ।बागवानीमा ४२ जातका स्याउका बोटहरु छन् । बागवानीले रेड डेलिसियस,रोयल डेलिसियस ,रिचारेड डेलिसियस,गोल्डेन डेलिसियस,फुजी,साउने र चुकुरा स्याउका बेर्ना उत्पादन गरेर बिक्री गर्ने गरेको अधिकारीले बताए ।

बागवानीले स्याउ नर्सरीका लागि कलमी बिरुवा उत्पादन गर्न कटस्टकमा उपयोगी हुने भएकाले क्रेप स्याउको बीउ संङ्कलन भैईरहेको छ । बागवानीकेन्द्रले क्रेप स्याउका बीउ समेत बिक्री गर्दै आएको हो ।जहा वर्षेनी ८ देखि १० केजी सम्म बीउ संङ्कलन हुने गरेको छ ।उत्पादित बीउ करिव ३ केजी केन्द्रमै खपत हुने बाकी बीउ मुस्ताङ लगायत सोलु,डोल्पा,रुकुम र जुम्ला आदी स्थानमा खपत हुने वरिष्ठ बागवानी बिकास अधिकृत अधिकारीले जानकारी दिए।बागवानी बिकासकेन्द्रमा स्याउका अलवा आरु,आरुवखडा,नासपाती,खुर्पानी,अंगूर कागती बदाम,ओखर र चीचीगरि ९ जातका फलफुलहरु उत्पादन हुने गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ