सुन्दरकुमार थकाली
मुस्ताङ,१६,कार्तिक
आर्थिक,सामाजिक,भौतिक,सांस्कृतिक,धार्मिक लगायत मुस्ताङकाबारे विविधपक्ष समेटिएको पुस्तक ‘मुस्ताङ सन्देश’ स्मारिकाको शुक्रबार एक समारोहकाबीच लोकार्पण भएको छ ।
कर्मचारी मिलन केन्द्र जोमसोमद्वारा प्रकाशित स्मारिका पुस्तक मुस्ताङ सन्देशको जिल्ला न्यायधिस बलराम त्रिपाटी,प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र मिलन केन्द्रका अध्यक्ष बैकुण्ठ न्यौपानेले सयूक्त रुपमा पुस्तक लोकार्पण गरे ।यस्तै,कर्मचारी मिलन केन्द्रले ३१ औं कालखण्ड पूरा गर्दा १३ औं अंङ्क प्रकाशन गर्न सफल रहेकोमा सो अवसरमा दिपप्रज्वलन गरी खुसी व्यक्त गरिएको थियो ।
जिल्ला न्यायधिस बलराम त्रिपाटीले कर्मचारी मिलन केन्द्र मुस्ताङले जिल्लामा कार्यरत कर्मचारीहरुका सृजनात्मककार्यलाई पुस्तक मार्फत उजागर गर्ने प्रयास सहनीय भएको बताए ।उनले कर्मचारी मिलन केन्द्रले आफु कार्यरत जिल्लाको भौतिक बिकास,सांस्कृतिक सम्वन्ध ,प्रशासनिक गतिबिधि र धार्मिक सभ्यता र मौलिक संस्कृतिको पुस्तक मार्फत उजागर गर्नेकार्य भएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कर्मचारी कार्यक्षेत्रका लागि सधै घरदेखि टाढा रहनु पर्ने अवस्थामा एक्लोपनाको महशुसलाई सन्तूष्टि प्रदान गर्न यसप्रकारका सृजनात्मककार्यले कर्मचारीबीच भावनात्मक संम्वन्ध जोड्न सहयोग पुग्ने जनाए।

कर्मचारीहरु सरकारी कामकाज र प्रशासनिक क्षेत्रमा मात्र सिमित रहन्छ भन्ने मान्यतालाई अन्त्य गरेको बताए ।धार्मिक स्थल शालिग्राम पार्क,शौचालय निर्माण र सामाजिक भूमिकामा समेत मिलन केन्द्रले महत्वपूर्णकार्य गर्दै आईरहेको उल्लेख गर्दै फुर्सदिलो समयलाई सृजनात्मककार्यमा रुपान्तरण गर्न सुझाए ।कार्यक्रममा जिसस अधिकारी केशव बिमली र प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बोलेका थिए ।
मुस्ताङमा कर्मचारी मिलन केन्द्र गठन भएको ३१ औ वर्ष पूरा भएको छ ।जिल्लामा रहेका कर्मचारीबीच आपस सम्वन्ध जोड्ने उद्देश्यले संस्था गठन भएको हो । मिलन केन्द्रमा आवद्ध कर्मचारीहरुले जिल्लामा रहेर सकारात्मककार्यहरुलाई समेत निरन्तरता दिदै आईरहेको छ । प्रकाशित स्मारिका मुस्ताङ सन्देशको १३ अंङ्कमा भारतिय महामहिम राष्ट्रपति नरेन्द्र मोदीको सुभकामना सन्देश समेटिएको छ । मूक्तिनाथ भ्रमणमा मुक्तिक्षेत्र भारतिय र नेपाली धार्मिक तिर्थालुहरुको आस्था केन्द्र भएको उल्लेखित महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको हस्ताक्षर सन्देश स्मारिकाले समेटेको छ ।
पुस्तक मुस्ताङ सन्देश १ सय १३ पृष्ठ लामो छ ।जसमा २७ लेख,२ कबिता र १ मुक्तक समाबेश छन् ।यसवर्ष मिलन केन्द्रले ५ सय प्रति प्रकाशित गरेको र १ सय ५४ प्रति पुस्तक ७७ वटै जिल्लाका प्रशासन र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पठाउन जानकारी दिए ।पुस्तकमा सबै बिषय बस्तुलाई समेट्ने प्रयास गरिए उल्लेख गर्दै मिलन केन्द्र अध्यक्ष बैकुण्ठ न्यौपानेले पुस्तक प्रकाशन गर्न धेरै मेहनत र साधना खर्चिनु पर्ने अनुभव सुनाए ।यसकार्यका लागि सबैको प्रयासले संम्भव भएको बताए ।मिलन केन्द्रले प्रत्येक २–२ वर्षमा स्मारिका प्रकाशन गर्दै आईरहेको छ ।स्मारिकामा मुस्ताङको परिचय, भूगोल,धर्म संस्कति,कृषि ,पर्यटन,यातायात,उर्जा,सुरक्षा चुनौति,प्रशासनिक गतिबिधि लगायत बिविध बिषय समेटिएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी