सुन्दरकुमार थकाली, मुस्ताङ । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यविधि नियमावली २०७५ अन्तर्गत नेपाल सरकारले बिनियोजन गरेको सांसद बिकासकोष ४ करोड रुपैया बजेट हालै मुस्ताङ पनि बिनियोजन भएको छ ।
जिल्लाका ५ वटै स्थानीयतहको उपस्थितीमा सम्मानजनक पूर्वाधार बिकासका कार्यक्रमलाई प्राथमिकता आधारमा छनौट गर्दै यहाको बृहत्तर बिकासका लागि संघीय सांसद प्रेमप्रसाद तुलाचनले बजेट बिनियोजन गरेको बताएका छन् ।
यसअघि उनले मनोमानी ढङ्गले बजेट बिनियोजन गर्ने परिपाटीको अन्त्य गर्दै सबै स्थानीयतहलाई समेट्ने गरी बजेट बिनियोजन गरेको तुलाचनले जनाए ।उनले भने,‘५ वटै स्थानीयले निर्वाचनमा सहयोग गरेका हुन्,मैले बिकास गर्दा सबै तहको सम्माजनक बिकास गर्नुपर्दछ,सबै ठाउका अधुरा र सुधारका कार्यक्रमलाई समेट्ने प्रयास गरेको छु,काखापाखा गरेको छैन ।’
स्थानीय पूर्वाधार बिकास कार्यक्रमलाई क्रमागत रुपमा सांसद बिकास कोषको प्राप्त रकम मार्फत पूरा गर्दे लगिने सासद तुलाचनले बताए । उनले जिल्ला समन्वय समितिको प्रशासनिक खर्च ४ लाख छुट्याएर बाँकी ३ करोड ९६ लाख स्थानीयतहको बिकासमा बजेट खर्च गरिने बताए ।
सासद बिकास कोषबाट पूर्वाधार बिकासका लागि प्राप्त हुने रकम मध्ये सबैभन्दा बढी घरपझोङ गाउपालिका १ करोड १० लााख छ भने, सबै भन्दा कम लोघेकर दामोदरकुण्ड गाउपालिका जम्मा ६५ लाख पाएको छ । त्यस्तै लोमान्थाङ गाउपालिकाले ८० लाख, वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले ७० लाख र सांसद तुलाचनको गृह गाउपालिका थासाङलाई ७१ लाख बिनियोजन गरिएको जिसस अधिकारी केशव बिमलीले जानकारी दिए ।
सांसद बिकास कोष पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रेमप्रसाद तुलाचनले नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध, सिचाई, धार्मिक स्थलको स्रोन्नति, खेलकुद पूर्वाधार,शैक्षिक सभाहलको निर्माण,ग्रामिण सडकको स्तरोन्नति,सांस्कृतिक सम्पदाको बिकास, सामूदायिक भवन निर्माण तथा सुधार, ग्यास डिपो संञ्चालन, खानेपानी र पदमार्ग सुधार आदी जस्ता योजनालाई महत्व दिएका हुन् ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा