नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङ जिल्लामा अब घुम्न आउनको लागी बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरुले समेत पैसा तिर्नु पर्ने भएको छ । यहाँ भन्दा पहिला विदेशी पर्यटकहरुले मात्र पैसा तिर्दै आएकोमा अब नेपाली पर्यटकहरुले पनि पैसा तिर्नुपर्ने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यलय पोखराको निर्देशन अनुसार मनाङ जिल्लामा पनि बाह्य तथा आन्तरिक पर्यटकलाई समेत (ईन्ट्री परमिट) प्रवेश शुल्क तिर्नु पर्ने भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण शाखा कार्यालय मनाङका कृषि सहयोगी ओम बहादुर गुरुङले बताए ।

यहि २०७५ असोज २९ गतेबाट यस्तो नियम लागू हुने गरि इन्ट्री परमिट उठाउन थालिएको गुरुङले बताए ।
कस्ले कति तिर्नु पर्छ त प्रवेश शुल्क ?
सार्क राष्ट्रका पर्यटकहरुको हकमा भ्याट सहित एक हजार रुपैँया लाग्ने छ । अन्य बाहिरि देशका पर्यटकहरुलाई भ्याट सहित तिन हजार रुपैँया लाग्ने छ । नेपाली ट्रेर्कस तथा घुम्न आउने नेपालीहरुलाई भ्याट सहित एक सय रुपैँया लाग्ने छ ।
प्रवेश शुल्क कहाँ कहाँ बुझउने त ?
मनाङ जिल्ला घुम्न आउने पर्यटकहरुले प्रवेश शुल्क नेपाल पर्यटकन बोर्ड काठमाडौ भृकुटीमण्डल काठमाडौ , नेपाल पर्यटकन बोर्ड डयामसाईड पोखरा र प्रवेश शुल्क काउन्टर त्रिबेन टोल लम्जुङ्ग बेशिसहर यी तिन ठाउँमा प्रवेश शुल्क बुझउन पर्ने गरि २०७५ असोज २९ गतेको सुचना प्रकाशन गरिएको हो ।

यदि माथी उल्लेखित स्थानहरुमा प्रबेश शुल्क नतिरिकन मनाङ प्रवेश गरेमा मनाङ जिल्लाको नासोँ गाउँपालिका धारापानीमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेक जाच शाखा कार्यालयमा पर्यटक प्रवेश शुल्क तिर्नुपर्ने छ । मनाङ जिल्लामा आएर प्रवेश शुल्क तिर्नु परेमा सय प्रतिशत जरिबाना लाग्ने नियम रहेको छ ।
जस्तै सार्क राष्ट्रका पर्यटकहरुलाई एक हजार रुपैँया शुल्क लाग्नेमा दुई हजार रुपैँया लाग्ने छ । अन्य बिदेशी पर्यटकहरुको हकमा तिन हजार रुपैँया लाग्नेमा जरिवाना सहित छ हजार रुपैँया लाग्ने र नेपाली पर्यटकहरुलाई एक सय रुपैँया लाग्नेमा जरिवाना सहित दुई सय रुपैँया लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण शाखा कार्यालय मनाङका कृषि सहयोगी ओम बहादुर गुरुङले बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो