नेगम परियार, मनाङ । मनाङ जिल्लामा यस्तो ठाउँ पनि थियो जहाँ अहिले सम्म पनि मोवइल सेवा थिएन । तर आजको समयमा आएर बल्ल तल्ल नेपाल टेलिकमको ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ ।
हाल सम्म पनि मोबाईल सेवा नभएको त्यो ठाउँ हो मनाङ जिल्लाको अति बिकट मानिने नर्पा भूमि गाउँपालिकाको फू गाउँ । मनाङ जिल्लाको अति विकट मानिने ‘फु’ गाउँमा ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ । सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन ।
विकट गाउँमा मोवाईल सेवा पुर्याउनु आवश्यक रहेको समेत बाँस्कोटाले बताए । आजको यूगमा पनि टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको दुःख ब्यक्त गर्दै बास्कोटाले भने । विकट गाउँमा मोवाईल टावर सञ्चालनमा आएसंगै स्थानीयमा खुशी छाएको छ । मोवाइल सेवा सञ्चालनमा आएसंगै स्थानीयले सूचना र प्रविधिको प्रयोग गर्न पाउने भएका हुन ।
नेपाल टेलिकम मनाङका अनुसार समुद्री सतहदेखि ४ हजार दुई सय मिटर उचाईमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमालको बेस क्याम्पसम्म काम गर्नेछ । ‘टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्मका साथै माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ,’ टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाले बताए ।
उनका अनुसार नारर्पाभूमी गाउँपालिका ४ र ५ ‘फु’ गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको छ । रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि ‘फु’ गाउँमा ‘स्याटलाईट लिङ्क’ प्रयोग गरिएको हो ।
स्थानीयका अनुसार ‘फु’ गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । गाउँमा करिब ५५ घरधुरी छ ।नारपाभूमी गाउँपालिका पर्यटकीय क्षेत्र समेत रहेको स्थानीयबासी तथा नार्पा भूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताए । यो गाउँ आफैँमा पर्यटकीय गाउँ हो ।
गाउँमा मोवाईल सेवा, ईन्टरनेट नहुँदा स्थानीयका साथै पर्यटकले समेत सास्ती खेप्दै आएको सो क्षेत्रमा अव मोवाईल सेवा सुरु भएको छ । यसले सूचना र प्रविधिको प्रयोगमा सजिलो बनाउने लामाले बताए । धेरै समय पछि भए पनि मोबाईल सेवा प्रयोगमा आएकोमा स्थानीबासीहरु पनि खुशि भएको स्थानीले बताए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला