सरोज अर्याल, स्याङ्जा । “रमाइलो मेला प्रगतिको आधार कृषि, पर्यटन विकास र पुर्वाधार” भन्ने नाराका साथ आगामि मंसिर १३ देखि २३ सम्म स्याङ्जामा ‘चौथो रमाइलो मेला’ हुने भएको छ । स्याङ्जाको सदरमुकाम स्याङ्जा बजार आँधिखोला छेउ मालेबगर खेलमैदानमा महोत्सव हुनेछ ।
विगतका वर्षहरुमा झै यस वर्ष पनि चौथो मेला गर्ने पत्रकार सम्मेलन मार्फत प्रगति युवा क्लबका अध्यक्ष डोल बहादुर मल्लले जानकारी दिए । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विष्णु कुमार श्रेष्ठले गत वर्षको आय-व्यय प्रस्तुत गर्नु भएको थियो ।
आय-व्याय प्रस्तुत गर्दै पर्यटन प्रर्वद्दन कला संस्कृतिको जगेर्ना र स्थानिय घरेलु तथा कृषि उत्पादनको एकिकृत भेला स्वोरोजगारि, स्थानिय ब्यवसाय प्रर्वद्द्न र आर्थिक विकासका लागि चौथो रमाइलो मेलाको आयोजना गरिएको उक् सम्मेलनमा जानकारी गराइएको थियो ।

मेलामा करिब १ लाख ५० हजार दर्शक भित्राउनुको साथै करिब ३ करोड बराबरको कारोबार गराउने लक्ष्य लिएको संयोजक श्रेष्ठले जानाकारि दिए ।
स्थानिय पर्यटन, कृषि एवम् औधोगिक ब्यवसाय प्रर्वद्द्न भइ स्थानिय समुदाय, संस्था र ब्यवसायिहरुको आर्थिक अभिवृद्दि, स्थानिय बजार उत्पादन र ब्यवसायको राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा प्रचार प्रसार, आधुनिक प्रविधि हस्तान्तरण भै स्थानीय स्तरमा स्वोरोजगारिको अवसर सृजनामा टेवा पुर्याउने साथै राष्ट्रिय ब्यबसायि तथा औधोगिक उत्पादनको यथेष्ट प्रचार प्रसार भै उत्पादन बृद्दि, ब्यवसायमा बिस्तार र आर्थिक उन्नतिका अवसर सृजना गर्ने उद्देश्य रहेको अध्यक्ष डोल बहादुर मल्लले सम्मेलनमा जानाकारि दिए ।
चौथो रमाइलो मेला २०७५ मंसिर १३ गते देखि २३ गते सम्म आयोजना गर्दै गर्दा मेलाका मुख्य आकर्षकको रुपमा राष्ट्रिय अन्तरराष्ट्रिय ख्याति प्राप्त कलाकार हरुको बेजोड प्रस्तुति सँगै स्थानिय कलाकार हरुको मौलिक झल्कने घाटु, सोरठी , कौडा, रतौलि लगायत लोप हुन लागेका कला संस्कृतिको प्रदशनि साथै कृषक ब्यवसायिलाइ प्रोत्साहन गर्दै सुन्तला, कफि, अदुवा, लिचि र अन्य फलफुल तथा तर्कारी का जात हरुको प्रदशनि तथा बिक्री बितरण गरिने भएको छ ।
लोपोन्मुख जाति राउटे , लोपोन्मुख तथा फरक प्रकृतिका बस्तु सामग्री वा पशु पंक्षिहरुको प्रदर्शन
लोपोन्मुख जाति राउटे जातिको प्रदर्शन तथा प्रदर्शनी, लोपोन्मुख तथा फरक प्रकृति का बस्तु सामग्री अनि पशु पंक्षिहरु गोहि, अस्टृज, मँयुर, साथै अन्य जनावरहरुलाइ प्रदर्शनीको रुपमा राखिने पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो थियो ।

मेलालाई अमुल डेरि बुटवलले मुख्य प्रायोजन गर्नेछ भने अन्य प्रयोजक तथा सहयोगि हरु रहनेछन । साथै मेलाको अनलाइन मिडिया पार्टनर गण्डक न्युज डट कम, मिडिया पार्टनर स्याङ्जा टेलिभिजन र रेडियो स्याङ्जा रहने कुरा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह