काठमाडौ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए ।
उनको प्रस्तुतीलाई जुरीका सदस्यले ९९.३ प्रतिशत अंक दिए । जज साजिद खानले उनको प्रशंसा गर्दै भने, ‘तपाईंले निकै सुन्दर तरिकाले यो गीत गाउनुभयो । तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो ।
समग्रमा तपाईंको प्रस्तुती निकै शानदार थियो । ’ यस्तै अर्का जज शेखर दादलानीले उनलाई ‘बेटा’ भनेर सम्बोधन गर्दै भने, ‘तिमीले जसरी गाइरहेकी छौ, त्यसरी नै निडर भएर गाउ ।’ यस्तै, बलिउडकी डिम्पल गर्ल भनेर चिनिने प्रिटी जिन्टाले पनि उनको खुलेरै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो थियो ।’ यस्तै, कार्यक्रमका प्रस्तोता आदित्य नारायणले उनीसँग नेपाली भाषामा कुरा गर्दैै भने, मेनुकाजी, एकदमै राम्रो लाग्यो ।’
उनले मेनुकालाई नेपाली भाषामै प्रश्न पनि सोधे, ‘तपाईंलाई सारेगमपमा आएर कस्तो लागेको छ ?’ जवाफमा मेनुका भन्छिन्, ‘मलाई एकदम खुसी लागेको छ ।’
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह