जेसी सन्ताेष शाहीलाई जेसिआई पोखराको ३९ औं अधिवेशन तथा ४४ औ बार्षिक साधारणसभाले बर्ष २०१९ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
समितिको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोष कुमार रानाभाट र बिनोद के.सी. निर्वाचित भएका छन् । त्यसैगरी, निर्देशकहरुमा सुर्यबहादुर के.सि, बिजय कुइकेल, श्रीकृष्ण सुनार र सुमन पहारी रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष शाहीले कानुनी सल्लाहकारमा मिनराज खड्का, महासचिवमा शक्ति बरूवाल, काेषाध्यक्षमा अनन्त प्रधानाङ्ग र सचिवमा भाइराज राना मगरलाई मनोनित गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी शिव सापकोटाले सन्तोष शाहीलाइ बर्ष सफल बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सर्वसम्मत् बन्न सहयोग गरेका थिए ।
शाही यूनिस्टार एजुकेशनका सञ्चालक लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध छन्। प्रजातान्त्रिक पद्धतिलाइ अत्यधिक अभ्यास गर्ने जेसिआई पोखराको नेतृत्व यस बर्ष सर्वसम्मत चयन भएकोले पोखरा जेसिजका गतिबिधि अझै परिस्कृत भएर अगाडी बढ्ने बिश्वास निर्वाचन आयूक्त तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि गोविन्द देवकोटाले ब्यक्त गरे ।
यसअघि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए । समुद्घाटन कार्यक्रममा गत बर्षको एसइइ परिक्षामा उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ शितलादेवी मा.वि.लाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी एसइइ परिक्षामा १-१ जना छात्र-छात्रालाइ सम्मान गरिनुका साथै पोखरा सराङ्गकोट स्थित मणिज्योति आधारभुत बिद्यालयका २-२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको थियो । सम्मानित विद्यार्थी र व्यक्तिहरुलाई जेसी आई पोखरा २०१८ का अध्यक्ष शिव सुवेदीले माया
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु