पोखरा, २१ मंसिर । पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको पचास प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने उद्देश्यका साथ आयोजना सुरु गरिएको थियो ।
‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख/जेठतिर परिक्षण गर्र्छौं ।’ २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने छन् । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ डाइरेक्टर त्रिपाठीले भने, ‘यात्रुको संख्या बढ्दै गए थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिन्छ ।’
केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने छन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसगँ लिजमा लिएको कम्पनीको भनाई छ ।
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग गरेको कम्पनीको भनाई छ ।
केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको कम्पनीको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो