पोखरा । लामो सयमसम्म प्राविधिक कर्मचारीको अभाव भएपछि गण्डकी प्रदेश र पोखरा महानगरपालिका करारमा कर्मचारी नियुक्ति गर्ने तयारीमा छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिक कर्मचारीकै अभावमा प्रदेश सरकारले ल्याएको बजेट, नीति, तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने देखिएपछि करार नियुक्ति गर्ने तयारी गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार मन्त्रालयलाई ३९ जना इन्जिनियर आवश्यक परेकामा अहिले २३ जना मात्र कार्यरत छन् ।
९२ जना सब इन्जिनियर आवश्यक भएकोमा ४८ जना मात्र कार्यरत रहेको उनले जानकारी दिए । प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्न मन्त्री परिषद्मा फाइल पठाइएको जानकारी उनले दिए ।
उनका अनुसार निकट भविश्यमै सूचना जारी गरी प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने प्रक्रिया बढाइने छ । करारमा कर्मचारी नियुक्ति गर्न निजामती ऐनले पनि नरोक्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाले पनि एक वडा एक इन्जिनियर राख्ने तयारी गरेको छ । अहिले एक जना इन्जिनियरले २ वटा वडा हेरिरहेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि कर्मचारी व्यवस्थापन गर्दै लगिने पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु