गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । १३ वर्षको उमेरमै छोरो जन्माएकी बालिकालाई पोखरा महानगरद्वारा संचालित ‘उपप्रमुखसंग महिला’ कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।
‘उपप्रमुखसंग महिला कार्यक्रम’ संचालक समितिका संयोजक एवं पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ सहितको नौ सदस्यीय संचालक समितिका सदस्यहरुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सुत्केरी १३ वर्षिया बालिकालाई भेटघाट गर्दै नगद दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । १२ वर्षमै गर्भवती ति स्याङ्जाकी बालिकाले सोमबार साँझ साढे ३ किलो तौल भएको छोरा जन्माएकी थिइन् ।
रकम हस्तान्तरण गदै उपप्रमुख गुरुङले सानै उमेरमा स्वास्थ्यलाई जोखिम हुने नहुनपर्ने कुरा भयो, अब चिन्ता लिन नहुने र बच्चाको राम्रो ख्याल गर्नुपर्ने बताइन् । सानो र परिपक्व नहुदै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने बताउँदै स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिइन् । १२ वर्षिया बालिका र धरानका १९ वर्षिय युवक फेसबुक मार्फत चिनजान भएको र त्यसपछि भेटघाट बाक्लिँदै गर्भवती भएको पारिवारीक स्रोतले जनाएको छ । बालिका गर्भवती भएको ६ महिनापछि मात्रै थाहा भएको उनकी आमाले बताइन् ।
फेसबुककै चिनजान र भेटघाटका आधारमा माया प्रेमका कारण सानै उमेरमा यो अवस्थासम्म आइपुग्दा सबै अचम्मित भए । झनै अपत्यारिलो कुरा त, उनले साढे ३ किलोको बच्चा शल्यक्रिया विना सामान्य रुपमै जन्माईन् ।
बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको भएपनि बच्चामा सामान्य जन्डिस देखिएका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनसियूमा राखिएको छ । चिकित्सकका अनुसार बच्चामा ठूलो समस्या छैन, तर सामान्य जन्डिस देखिएका कारण अस्पताल राखिएको हो । पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माएकी हुन् । आमा र बच्चा को अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रेममै रहेका बखत दुबैजना बीच सहमतिमै यौन सम्पर्क भएको भएपनि नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरकी भएमा बलात्कार भएको ठहर्छ । ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन । बालिका र बच्चालाई स्वीकार गर्न तयार रहेको केटा पक्षका आफन्तले बताएको बालिकाका परिवारले बताएका छन् ।
गत महिना मकवानपुरकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले नै उनको स्वास्थ्य अवस्थाबारे चिन्ता जनाउँदै डेलिभरी गराउने सम्पूर्ण जिम्मा राज्यले लिएको थियो । उनको पेटमा रहेको बच्चा ३४ हप्ताको पुगिसकेको छ । बाल अबस्थामा उनी गर्भवती भएकोले उनको निगरानी गर्नुपर्ने र स्वास्थ्य थप परीक्षण गर्नुपर्ने भएकाले उनलाई काठमाण्डौ लगिएको छ । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका १८ वर्षीय पतिको बिहेपछि पढाइ छुट्यो । कमाउन भनेर पति काठमाण्डौ हिँडे ।
त्यो घटना लगत्तै पोखरामा पनि यो घटना सार्वजनिक भयो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’