सूर्य तिमिल्सिना, पोखरा । हल्ट प्राइज-पश्चिमान्चल क्याम्पसको उपाधि टिम स्टोइकले हात पारेको छ । यो संगै उक्त टिमले हल्ट प्राइजको अर्को चरणमा सहभागी हुने अवसर पाउने छ । हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।
शनिबार पोखराको होटल स्नो ल्याण्डमा आयोजित कार्यक्रममा सहभागी १५ टिमले आफ्नो आइडिया प्रस्तुत गरेका थिए । युवा रोजगारी बिषयको थिममा केन्द्रित रहेर आयोजित उक्त प्रतिष्पर्धामा टिम हार्भेस्ट फस्ट रनर अप हुन सफल भएको छ।
आफ्नो आइडिया र सपनालाई मुर्त रुप दिन यो कार्यक्रम निकै नै फलदायी रहेको हल्ट प्राइज पश्चिमान्चल क्याम्पस निर्देशक निमेश बाबू ओलीले बताए ।

विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धा को लागि यो बर्ष युवा रोजगारी बिषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउनेछन् ।
हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।
नेपालबाट त्रिभुवन,काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि सनफ्रान्सिस्को,बोस्टन,टोरन्टो,क्यानडा , सिंगापुर लगायत २५ ठाँउमा जाने अबसर पाउने छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो