गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह पोखरा आएका छन् । बुद्ध एयरको विमानबाट उनीहरु साढे १२ बजे पोखरा आईपुगेका हुन् । शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल, नेपाली काँग्रेस विपी सहित पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरे । पूर्व राजा शाह विमानस्थलदेखि विरौटा चोकसम्म पैदल हिँडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । उनलाई २१ किलोको मालाले स्वागत गरिएको थियो ।
पूर्व राजालाई फूल दिने क्रममा लडेर पदम सुब्बा गुरुङ घाईते भएका छन् । पूर्व राजा शाहको दुई हप्ते पोखरा बसाईंका समयमा कार्यक्रम तालिका भने गोप्य राखिएको छ । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले भने पूर्व राजा निजी भ्रमणका लागि पोखरा आएको बताएका छन् । उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो । आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोली समेत काठमाण्डौंबाटै आएका हुन् ।
माउण्टेन ग्लोरी रिसोर्टमा बस्ने
उनी पोखरा २१ दोबिल्ला नजिकै रघैचौरमा हालै बनेको सुविधासम्पन्न रिसोर्ट माउण्टेन ग्लोरीमा बस्नेछन् । ६४ कोठाको यो रिसोर्टमा अहिलेसम्म २४ वटा कोठा मात्र तयारी अवस्थामा छन्।
शाह परिवारले सम्पन्न भएका सबै २४ कोठा बुकिङ गरेको श्रोतले बतायो। रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको छ। श्रोतका अनुसार सोमबारदेखि सुरु हुनेगरि १६ रातका लागि सबै कोठा बुकिङ गरिएको छ।
पोखरा २१ दोबिल्ला नजिकै रघैचौरमा हालै बनेको सुविधासम्पन्न रिसोर्ट माउण्टेन ग्लोरी
‘रिसोर्टका २४ कोठा मात्र तयार थिए। बाँकी कोठा अझै तयार भईसकेका छैनन,’ श्रोतले भन्यो, ‘पुरै कोठा शाह परिवारका लागि बुकिङ छन्।’ एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ। विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ। ‘भिन्दै सुईट रुम तयार नभईसकेको अवस्थामा दुई–दुइवटा डिलक्स रुमलाई मिलाएर दुईवटा सुइट रुम बनाइएको छ,’ श्रोतले भन्यो, ‘शाह दम्पत्ति बाहेक परिवारका अरु सदस्य र आफन्त पनि आउने भएकोले यो तयारी गरिएको हो।’
यही अवधिमा पोखरा अंग्रेजी नयाँवर्षको सडक महोत्सव आयोजना हुने भएकोले पूर्वराजा शाहको परिवारले नयाँवर्ष पोखरामै मनाउने गरि रिसोर्ट बुकिङ गरेको श्रोतको भनाई छ। सडक महोत्सव पुस १३ गतेदेखि लेकसाइडमा संचालन हुन्छ। पाँचदिनसम्म सडक महोत्सव चल्छ।
‘रिसोर्ट पूर्ण रुपमा तयार नभईसकेकोले हाललाई अरु पाहुना राख्नु आवश्यक पनि परेन,’ श्रोतले भन्यो, ‘भएजतिका सबै रिसोर्ट एकै समूहले बुकिङ गरेपछि व्यावस्थापनको जिम्मा मात्र आएको छ।’ शाह परिवारको पोखरा भ्रमण भने खुलाईएको छैन। पोखरा बसाई अवधिमा शाहले निकटका केही राजनीतिक व्यक्तिसँग भेटघाट गर्ने योजना रहेको श्रोतले बताएको छ। परिवारका अरु सदस्य भने मंगलबारपछि मात्र आउनेछन्।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ