लेखनाथ । लेखनाथ महोत्सवको १५ औं संस्करण हिजो विहिबार बाट सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १५ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १५ औं संस्करण पुसको ५ गतेदेखि १६ गतेसम्म हुदैछ ।
महोत्सवको दोस्रो दिन आज शुक्रबार अहिलेका चर्चित गायक नविन पौडेलको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा धुम मच्चाउन अहिलेका निक्कै नै चर्चित अनि ब्यस्त गायक नविन पौडेल आज लेखनाथ आउदैछन । भर्खर मात्र एउटा यथार्थपरक एवं समयसापेक्ष गीत “फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” बाट यो बर्ष कै सर्बोत्कृष्ट गायकको अवार्ड पाएका पौडेल विभिन्न गीतहरु गाएर लेखनाथ बासीहरुलाइ छमछमी नचाउने छन ।
स्टेजमा धुम मच्चाउन सिपालु र स्टेजमा पहिलो रोजाइका गायक पौडेलले बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, मुसु मुसु हास्यौ, जान्न मत त्यो घर, घर मेरो सुदुरपश्चिम, बुलाकी झुम्काना, आजै भेट भाको लेखनाथ आको म परेँ पाल्पाको, दुखका दिन गए, ए हजुर सुन्नुभाछर, नया पार्टी खोल्छु, मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो जस्ता चर्चित गीतहरु गायर भरपुर मनोरञ्जन दिनेछन ।
महोत्सवमा करिब ३ सय ५० स्टल रहेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खाना लगायतको प्रदर्शनी रहेकोछ ।
त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।
त्यस्तै, महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता गरिने भएको छ भने लुकेको प्रतिभाको खोजी गर्ने उद्धेश्यले हरेक महोत्सवमा आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्षपनि निरन्तरता दिइने भएको छ । यसैगरी रत्यौली प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेस्यले महोत्स आयोजना गरिएको संघका अध्यक्ष भण्डारीले बताए । महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हने महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा करिब १५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । करिब ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १ करोड २५ लाख आम्दानी गरी ३५ लाख बचत गर्ने लक्ष्य राखिएको उनले बताए ।
महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्री केन्द्र निर्माण गर्ने, प्रदशनी स्थलको स्तरोन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जनाइएको छ ।महोत्सव प्रवेशका लागि ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ४० रुपैयाँ टिकटदर तोकिएको छ ।
साँझ कन्सर्टका लागि भने १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने संघका महासचिव गोपीचन्द्र बास्तोलाले जानकारी दिए । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो