लेखनाथ । लेखनाथ महोत्सवको १५ औं संस्करण हिजो विहिबार बाट सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १५ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १५ औं संस्करण पुसको ५ गतेदेखि १६ गतेसम्म हुदैछ ।
महोत्सवको दोस्रो दिन आज शुक्रबार अहिलेका चर्चित गायक नविन पौडेलको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा धुम मच्चाउन अहिलेका निक्कै नै चर्चित अनि ब्यस्त गायक नविन पौडेल आज लेखनाथ आउदैछन । भर्खर मात्र एउटा यथार्थपरक एवं समयसापेक्ष गीत “फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” बाट यो बर्ष कै सर्बोत्कृष्ट गायकको अवार्ड पाएका पौडेल विभिन्न गीतहरु गाएर लेखनाथ बासीहरुलाइ छमछमी नचाउने छन ।
स्टेजमा धुम मच्चाउन सिपालु र स्टेजमा पहिलो रोजाइका गायक पौडेलले बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, मुसु मुसु हास्यौ, जान्न मत त्यो घर, घर मेरो सुदुरपश्चिम, बुलाकी झुम्काना, आजै भेट भाको लेखनाथ आको म परेँ पाल्पाको, दुखका दिन गए, ए हजुर सुन्नुभाछर, नया पार्टी खोल्छु, मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो जस्ता चर्चित गीतहरु गायर भरपुर मनोरञ्जन दिनेछन ।
महोत्सवमा करिब ३ सय ५० स्टल रहेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खाना लगायतको प्रदर्शनी रहेकोछ ।
त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।
त्यस्तै, महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता गरिने भएको छ भने लुकेको प्रतिभाको खोजी गर्ने उद्धेश्यले हरेक महोत्सवमा आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्षपनि निरन्तरता दिइने भएको छ । यसैगरी रत्यौली प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेस्यले महोत्स आयोजना गरिएको संघका अध्यक्ष भण्डारीले बताए । महोत्सवको पनि महोत्सव बनाउने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हने महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा करिब १५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । करिब ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १ करोड २५ लाख आम्दानी गरी ३५ लाख बचत गर्ने लक्ष्य राखिएको उनले बताए ।
महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्री केन्द्र निर्माण गर्ने, प्रदशनी स्थलको स्तरोन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जनाइएको छ ।महोत्सव प्रवेशका लागि ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ४० रुपैयाँ टिकटदर तोकिएको छ ।
साँझ कन्सर्टका लागि भने १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने संघका महासचिव गोपीचन्द्र बास्तोलाले जानकारी दिए । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’