पोखरा । शारिरिक रुपमा अशक्त पोखरा २१ निर्मलपोखरीकी एक महिलामाथि यौन हिंसा गर्ने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका एक मिटर रिडरलाई मिलापत्र गराएर छाडिएको छ ।
मिटर रिडिङ गर्न गत बुधबार ती महिलाको घरमा पुगेका पिताम्बर अधिकारीले महिलाको भित्री वस्त्र सुकाएको देखेपछि त्यहि वस्त्र सुम्सुम्याउँदै कपडा समेत सुँघेका थिए । त्यसपछि ती महिलालाई घरभित्र पस्न पटक पटक आग्रह गरे । तर महिलाले नमानेपछि उनी त्यहाँबाट भागेका थिए । महिलाबाट आफूले चाहेजस्तो व्यवहार नहुँने ठानेपछि उनी भागेको बताईएको छ ।
ती महिलाले उक्त घटनाबारे आफ्नी छोरीलाई बताएपछि छोरी र स्थानीय वासिन्दा विद्युत प्राधिकरण केन्द्रको पोखरा शाखामा पुगेका थिए । त्यहा पुगेर पीताम्बरले गरेको व्यवहारबारे बताएपछि कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहले प्रहरीमा उजुरी गर्न आग्रह गरे ।
उनलार्ई जागिरबाट निकाल्नु बाहेक अरु केहि गर्न नसक्ने उनले बताए । त्यसपछि जिल्ला प्रहरी कार्यालय महिला सेलमा पुगेका स्थानीय र आफन्तहरुले मौखिक उजुरी दिए । उजुरी दिएपछि विहिबार पीताम्बर पक्राउ परे । पक्राउ परेका पिताम्बरलाई १ दिनसम्म थुनामा राखियो । तर भोलिपल्ट शुक्रबार महिलाहरुले पीताम्बरलाई एउटै ठाउँको मान्छे भएको भन्दै मिलापत्र गराएर छोडेका छन् ।
प्रहरीका अनुसार पीताम्बरले ती महिलाको खुट्टा ढोगेर माफि मागेका थिए । यद्यपी ढोगेको फोटो खिच्न भने नदिईएको आजको समाधान दैनिकले खबर छापेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओम रानाका अनुसार पीडित महिलाले माफि दिएको भनेपछि उनलाई छाडिएको बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु