पोखरामा गुड्ने गाडीहरुले आवश्यकता भन्दा बढि समयसम्म यात्रु कुरेको पाइएमा अब पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
महानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सवारी साधनहरुको सञ्चालनमा भइरहेको अव्यावहारिकता विरुद्ध कदम चालिने भएको नगरप्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधब बरालले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा महानगरले महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्वीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकताभन्दा लामो समयसम्म यात्रु कुराउने सवारीलाई कारवाही थाल्ने भएको हो ।
‘अन्तिम स्टेसनमा मात्रै पुगेर सवारी बस्नेछ,’ जिल्ला ट्राफिक प्रमुख मुरारी मिश्रले भने, ‘चोकचोकका स्टेसनमा मनलाग्दी जति समय चाहन्छ त्यती नै समय कुरेर बस्न पाइदैन, चोकका स्टेसनमा रोक्ने भनेको यात्रु चढाउने र झराल्ने मात्रै हो । यात्रु पर्खिने, बस भोर्ने होइन ।’
महानगरसँगको समन्वयमा ट्राफिक व्यवस्थापनलाई कडाईका साथ लागू गराउन सोही किसिम जनशक्ति व्यवस्थापन गराइने प्रमुख मिश्रको भनाई छ ।
त्यस्तै, राजमार्ग अन्तर्गत पर्ने बाग्लुङबाट आएका सवारी साधन स्याङ्जा, बुटवल जानुपर्ने भएमा सोझैं सिर्जनाचोक हुँदै विरौटाचोक निस्की छोरेपाटनतर्फ सोझिनुपर्ने भएको छ । सभागृहचोक र पृथ्वीचोकमा अधिक सवारीको चाप हुनेहुँदा सवारी आवागमनमा सहजता ल्याउन यस किसिमको निर्णय प्रभावकारी बन्नेमा ढुक्क भएको महानगरले जनाएको छ ।
पैदल यात्रुलाई बाटो काट्नमा सहजता ल्याउने गरी दुई स्थान पृथ्वीचोक र सिर्जनाचोकमा आकाशे पुल निर्माणको काम महानगरले यसै महिनादेखि अघि बढाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’