पोखरा । पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा पैदलयात्रीहरुको आवागमनमा सहजता ल्याउन आकाशे पुल निर्माण गरिने भएको छ ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो ।
पुल निर्माणका लागि आवश्यक इस्टिमेट बजेट तयार गरिरहेको महानगरले आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने जनाइएको छ ।
झण्डैं १ करोड ८० लाख रुपैयाँ लागतमा सिर्जनाचोकमा र २ करोड ४१ लाख रुपैयाँ लागतमा पृथ्वीचोकमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार गरिएको नगरप्रमुखका स्वकीय सविच लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद एवं हालका पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्रि रवीन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन समेत गरिसकेका छन् ।
चालु आर्थिक वर्ष २०७५/०७६ मा ओभरहेड पुल, सब–वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
महानगरले विसं २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माणका लागि नगरपरिषद् बैठकद्वारा निर्णय गर्दै आएको भएपनि जनप्रतिनिधि चुनिएर आइसकेपछि मात्रै यस एजेण्डाले गति लिएको हो ।
पैदलयात्रीहरुलाई बाटो काट्न बनाइएको जेब्रा क्रस मौसमी प्रभावका कारण छिटै मेटिने भएकोले जथाभावी बाटो काट्न बाध्य बटुवालाई राहत मिल्ने भएको छ । साथै, ट्राफिक व्यवस्थापनमा पनि थप सहज हुने विश्वास लिइएको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’