नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा पुनः हवाईजहाज सञ्चालनमा आउने भन्ने खबर सुनेपछि मनाङे हर्षित थिए । तर जहाज नआए पछि हात्ती आयो, हात्ती आयो फुस्स भने झैं भयो ।
यहि पौष २४ गतेबाट मनाङ पोखरा सिधा हवाई सुधिधा हुने भनिएता पनि मौषमको समस्या देखाउँदै हवाई हाललाई हवाई सञ्चालन रद्ध गरिएको मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देवकोटाले बताए ।
यहि पौष २४ गते मंगलबार बाट सञ्चालनमा आउने भनिएता पनि एक दिन अगाडी नै हिमपातका कारण उडान गर्न नसकिने प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बैठकले उडान स्थगित गरीएको परिपत्र आएको उनले बताए ।
अब पुनः मौषम सुधारिएसंगै फागुनबाट मात्र सञ्चालनमा आउने संकेत पाएको उनको भनाई छ । मनाङ जिल्लाको मनाङ ङिस्याङ्ग गाउँपालिकामा रहेको हुम्डे एयरपोर्टबाट उडान सञ्चालनमा आउने खबर सुने पछि स्थानियबासीहरु लगाएत सबैमा खुशियाली छाएको थियो ।
२०७० साल बाट बन्द रहेको उक्त एयरपोर्टमा त्यसअघि मनाङबाट पोखरा हप्तामा दुई पटक नेपाल वायुसेवा निगमले उडान सेवा दिँदै आएको थियो । मनाङमा पुनः पाँच बर्ष पछि हवाई सेवा सञ्चालनमा आउन लागेकोमा तत्कालको लागि यो सेवा सञ्चालनमा नआउने भएको छ ।
मनाङको हुम्डे बिमानस्थल २०३९ साल असोजबाट सञ्चालनमा आएको थियो । हुम्डे बिमानस्थल समुन्द्र सतह देखि तीन हजार तीन सय तीस मिटरको उचाईमा रहेको छ ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो