नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा पुनः हवाईजहाज सञ्चालनमा आउने भन्ने खबर सुनेपछि मनाङे हर्षित थिए । तर जहाज नआए पछि हात्ती आयो, हात्ती आयो फुस्स भने झैं भयो ।
यहि पौष २४ गतेबाट मनाङ पोखरा सिधा हवाई सुधिधा हुने भनिएता पनि मौषमको समस्या देखाउँदै हवाई हाललाई हवाई सञ्चालन रद्ध गरिएको मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देवकोटाले बताए ।
यहि पौष २४ गते मंगलबार बाट सञ्चालनमा आउने भनिएता पनि एक दिन अगाडी नै हिमपातका कारण उडान गर्न नसकिने प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बैठकले उडान स्थगित गरीएको परिपत्र आएको उनले बताए ।
अब पुनः मौषम सुधारिएसंगै फागुनबाट मात्र सञ्चालनमा आउने संकेत पाएको उनको भनाई छ । मनाङ जिल्लाको मनाङ ङिस्याङ्ग गाउँपालिकामा रहेको हुम्डे एयरपोर्टबाट उडान सञ्चालनमा आउने खबर सुने पछि स्थानियबासीहरु लगाएत सबैमा खुशियाली छाएको थियो ।
२०७० साल बाट बन्द रहेको उक्त एयरपोर्टमा त्यसअघि मनाङबाट पोखरा हप्तामा दुई पटक नेपाल वायुसेवा निगमले उडान सेवा दिँदै आएको थियो । मनाङमा पुनः पाँच बर्ष पछि हवाई सेवा सञ्चालनमा आउन लागेकोमा तत्कालको लागि यो सेवा सञ्चालनमा नआउने भएको छ ।
मनाङको हुम्डे बिमानस्थल २०३९ साल असोजबाट सञ्चालनमा आएको थियो । हुम्डे बिमानस्थल समुन्द्र सतह देखि तीन हजार तीन सय तीस मिटरको उचाईमा रहेको छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर