पोखरा । पोखरामा एक किशोरीमाथि निर्मम यातना सहित यौन शोषण गरेको आरोपमा पोखरा १५ बस्ने नसिव गुरुङ पक्राउ परेका छन् ।
आफूमाथि चरम यौन शोषण, बलात्कार, शरिर बन्धक, साईबर क्राईम लगायतका अपराध गरेको आरोप लगाउँदै किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले नसिव लाई पोखराको विजयपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङमाथि आवश्यक छानविन भईरहेको श्रोतले जनाएको छ ।
२२ वर्षे नशिवमाथि पोखराकै एक १९ वर्षिया युवतीलाई विगत ५ महिनादेखि बाध्यात्मक अवस्थामा पारेर विभिन्न बहानामा यौन शोषण गरेको आरोप लागेको छ । ती यूवतीका अनुसार नसिबले उनिमाथि पटक पटक बलात्कार गरेको, प्रेमसम्बन्धको नाटक गर्दै यौन सम्पर्कका बेला नग्न तस्विर खिचेर आफूलाई ब्ल्याकमेलिङ गरेको, मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।
घटनाक्रम यस्तो छः
आजभन्दा करिब ५ महिना अघि फेसबुकबाट नसिवसंग रविनाको चिनजान भयो । दुबैजना म्यासेन्जरमा गफ गर्न थाले । गफ गर्ने क्रममा नसिवले रविनालाई प्रेम प्रस्ताव राखे । केहि दिनपछि किशोरीले पनि प्रेम प्रस्ताव स्वीकारिन् ।
दुबै आपसमा नजिकिँदै जान थाले । तर, रविनाले सोचेझँै साँचो प्रेम गरेका रहेनछन् नसिबले । नसिवले शारीरिक सम्बन्ध पनि राखे । सोही क्रममा नसिबले मोवाईलबाट रविनाका नग्न तस्विरहरु खिचे ।
ती तस्विरहरु मोवाईलमा कैद भईसकेपछि एकाएक नसिब क्रुर हुन थालेको किशोरी बताउँछिन् । “तस्विर खिचेपछि उसले भने अनुसार नभए मलाई मार्ने धम्की दिन्थ्यो, कति पटक मलाई चाहेको बेला यूज गर्न थाल्यो, ब्ल्याकमेलिङ गर्न थाल्यो ”। रविना भन्छिन् “मैले काम गरेको ठाउँमा पनि आउँथ्यो, बदनाम गथ्र्यो, जवर्जस्ती घरमै लिएर जान्थ्यो । घरमा लगेर उसको कपडा धुन लगाउँथ्यो नोक्कर जस्तो व्यव्यवहार गथ्र्यो तैपनि म केहि समय सहँन्थे, अति गर्न थाल्यो, अहिले आफन्तको साहराबाट प्रहरीको शरणमा गएँ ” ।
किटानी जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्य परिक्षण गर्न पुगेकी रविनाले रुँदै भनिन “मेरो फेसबुक एकाउण्टको पासवर्डपनि जवर्जस्ती लग्यो, उसैले चलायो । कलेजमा पनि पुगेर उसले टर्चर दिन्थ्यो, राती राती घरमा बोलाउँथ्यो, उसले चाहेको बेला उसंग त्यो (यौन सम्पर्क) गर्न तयार हुनुपथ्र्यो । तयार नभए बा, आमा र दाईलाई समेत मार्दिन्छु भन्थ्यो ।” उनले भनिन ।
निकै दर्दनाक अवस्थाबाट गुज्रिएकी उनलाई एकदिन नसिवले पोखराको पृथ्वीचोकस्थित चाईना पुलबाट हाम फालेर आत्महत्या गर्न समेत लगाएको बताएकी छन् । उनका शरिरभरी नशिवले यातना दिएका घाउ र निलडामहरु समेत रहेको आफन्तजनले बताए ।
https://youtu.be/F9ojp2l96Xc
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’