पोखरा, पुस २९ । पोखरामा सेतीको भीरबाट लडेर एक व्यक्ति गम्भीर घाईते भएका छन् । पोखरा १७ महतगौंडामा बाटोमा स्कुटर रोकेर पिसाव गर्न जाँदा भीरबाट लडेर पोखरा ८ सिमलचौरका ४४ बर्षिय रामजी पुरी गम्भीर घाईते भएका हुन् ।
ग १३ प ९४४० नम्बरको स्कुटरमा चढेर उनी त्यसतर्फ गएका थिए । पुरी करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । शनिबार लडेका उनको आइतबार १५ सदस्यीय रेस्क्यू टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, उद्धारका क्रममा घाईतेका आफन्तबाट पत्रकारलाई दुव्र्यवहार भएको छ । निकै गालीगलौज गर्दै पत्रकारलाई थर्काएर फोटो भिडियो समेत डिलिट गर्न लगाइएको छ । पत्रकार जीवन सुवेदीले आफूलाई कठालो समातेर पेशागत जिम्मेवारी समेत निर्वाह गर्न नदिएको जनाए । युवाहरुको समुहको हर्कत खेदयोग्य रहेको पत्रकारहरुले जनाएका छन् ।
यस पोष्टको कमेन्टमा भिडियो राखिएको छ ।
https://www.facebook.com/jeevan.news/posts/10215977569731197
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” url=”http://” /]
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु