पोखरा, ६ माघ । पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल भएको हो । शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन रापनी नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ, वाग्लुङ जैमिनी नगरपालिका ९ घर भई पोखरा २५ हेमजा बस्ने २७ बर्षको खुमप्रसाद थापा र पोखरा ९ पृथ्वीचोक बस्ने २३ बर्षका गगन खवास छन् । उनीहरुले समूहमा मिलेर चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीका अनुसार उनीहरुले ६ घरमा लगातार चोरी गरेका थिए ।
आठ वटा ढोका फोडेर १५ मिनेटमै चोर्न पनि सफल भएका थिए ।
चोरी गर्न काठमाण्डौसम्म जाने गरेको अनुसन्धानबाट खुलेको छ। गण्डकी टेलिभिजनका सञ्चारकर्मी निरज पन्तको कोठामा चोरी गर्नेहरु पनि यिनीहरु नै रहेको प्रहरीले जनाएको छ ।
सुनिललाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा पोखराका विभिन्न ठाउँमा डेरा गरि बस्नेहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट भारतीय र कतारियन नोट सहित, विभिन्न कम्पनिको मोबाईल ४ थान, २ थान घडी, क्यामेरा १ थान, एसडी कार्ड १ थान, सुनौलो रङको धातु १७ टुक्रा, टप २ थान, मुन्द्रा २ थान, झोला २ थान, खुकुरी २ थान, फलामको छिनो १ थान र एउटा ह्यामर बरामद गरेको छ ।
कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो