पोखरा । कास्कीको रुपा गाउँपालिका ७ मा वडा सदस्यले आफुखुशी निर्माण सामग्री उत्खनन र विक्री गरेपछि गाउँपालिकाले एक्सन लिएको छ । ढुंगा, गिटी र बालुवा तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले गठन गरेको ५ सदस्यीय कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनले गाउँपालिका ७ मा अवैध रुपमा राखिएका नदीजन्य पदार्थ १५ दिनभित्र जरिवाना तिरेर हटाउन सुझाएको छ । वडा सदस्य मोती श्रेष्ठले गैर कानुनी रुपमा निर्माण सामग्री उत्खनन् गरेका थिए । १ घनमिटरको २ सय ५० रुपैयाँका दरले १ लाख ६५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । १५ दिनभित्र उक्त रकम गाउँपालिकामा दाखिला गरिसक्नुपर्ने अन्यथा कार्यपालिकाको निर्णय अनुसार कारबाही गरिनुका साथै बालुवा तथा गिटी जफत गरिने उनले बताए । समाधान दैनिकले खवर लेखेको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार भइरहेको पाएपछि मंसिर ९ गते गाउँपालिकाले वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ संयोजकत्वमा कार्यदल गठन गरेको थियो । जनप्रतिनिधि नै बालुवा, ढुंगा, गिटीजन्य पदार्थ तस्करीमा संलग्न रहेको पाइएपछि गाउँपालिकाले स्पष्टीकरण बैठक बोलाएको थियो । जसमा घटनामा संलग्न वडासदस्य मोती श्रेष्ठको समूह उपस्थित भएको थिएन । मोती श्रेष्ठले भने आफूलाई कुनै जानकारी नआएकाले बैठकमा सामेल नभएको दाबी गरेका थिए ।
पटकपटक टेण्डर आह्वान गर्दा पनि नपरेपछि गाउँपालिका प्रतिनिधि र सरोकारवाला निकाय रुपा ७ मा पर्ने खोकटे, दुवाचौर, कुनाकोमुख, मादीबेंसी, कोइलानी क्षेत्रमा अनुगमन गरेको थियो । अनाधिकृत रुपमा सरकारी जग्गामै वडा सदस्य मोती श्रेष्ठको समूहले करोडौं मूल्य बराबरको ढुंगा, माटो र बालुवा बेच्न तयारी अवस्थामा राखेको अनुगमनका क्रममा फेला परेको थियो ।
नदीजन्य अवैध तस्करी गरिरहेको समूहले लमजुङ घाटमा पहिल्यै खुलेको कागजपत्र देखाएर कुनाको मुखबाट कारोबार गरिरहेको अनुगमनकै क्रममा पाइएको हो । उनीहरुले लमजुङ मध्यनेपाल नगरपालिकामा खुलेको घाटको नामबाट ५ सय रोयल्टी देखाएर १८ सय रुपैयाँदेखि ३ हजारसम्म बालुवा, ढुंगा र गिटी पोखरा, दमौली लगायत क्षेत्रमा निकासी गरिरहेको तथ्य खुलेको हो ।
http://gandaknews.com/rupa-7-taskari/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’