माघ १६ । सहिद दिवस । देश र जनताको हित र अधिकारका लागि जीवको आहूति दिने सहिदप्रति सम्मान गर्दै देशभर वर्षेनी सहिद दिवस मनाईन्छ । सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ पनि मनाइँदै आएको छ ।
तर, संघीय संरचना अनुसार प्रदेश सरकार गठन भएपछि पहिलो वर्ष नै गण्डकी प्रदेश सरकारले माघ १६ गते सार्वजनिक बिदा नदिने भएको छ । केही प्रदेशले बिदा दिएको र केही प्रदेश अन्योल रहेका बेला गण्डकी सरकारले बिदा नदिई शुभकामना दिएको हो । तमु ल्होसार र माघे सक्रान्तिमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको थियो । प्रदेश ३ ले बिदा दिने निर्णय गरिसकेको छ।
मुख्यमन्त्रीद्वारा शुभकामना
यद्यपी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । देश र जनताका लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको मुख्यमन्त्रीको विज्ञप्तिमा छ ।
‘जहानिया राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहीद तथा प्रजातन्त्र पुनः स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूतहरू सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ,’ मुख्यमन्त्रीले विज्ञप्तिमार्फत बनेका छन् ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्मान र सम्झनामा यो दिवस मनाईएको हो ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरण गरिन्छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
पछिल्ला वर्षहरुमा सहिदको अपमान भएको गुनासो बढिरहेको छ । सहिदको मापदण्ड र संख्याबारे सरकार समेत अनविज्ञ छ । जोसुकैलाई पनि सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गदै वास्तविक सहिदको सम्मान गर्न बिभिन्न क्षेत्रबाट माग हुँदै आएको छ । गण्डकी प्रदेशले भने सहिद दिवसकै दिन राष्ट्रिय रुपमा मनाईने दिवसकै दिन बिदा कटौती गरेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’