इटहरी–तीन महिनाअघिदेखि पालै पालो करणी गर्दै आएकी किशोरी गर्भवती भएपछि कर्तुत लुकाउन तीन जना मिलेर किशोरीको हत्या गरेका प्रहरीले खुलासा गरेको छ ।
इटहरी तरहराकी १५ बर्षिया बालिका रुपमति दासको आईतवार सिंघिया खोला किनारामा नग्न अवस्थामा शव भेटिएपछि पक्राउ परेका शंकास्पद अभियुक्तहरुमध्ये तीन जनाले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ ।
गरिव परिवारमा जन्मिएकी ती बालिकाका अभिभावक गत शनिवार राति छिमेकीको घरमा टिभी हेर्न गएर फर्केर आउँदा उनी घरमा थिईनन । भोलिपल्ट विहान हत्या गरिएको अवस्थामा खोला किनारामा भेटिएकी थिईन ।
प्रहरीका अनुसार तीन अभियुक्तले कात्र्तिकको अन्तिम सातादेखि वालिकालाई फकाएर छुट्टा छुट्टै स्थानमा लगेर वलात्कार गरेका थिए । शुरुमा एक अभियुक्तले करणी गरेको कुरा अन्य दुई साथिलाई वताएपछि उनीहरुले पनि पोल खोलिदिने धम्कि दिदै करणी गर्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटना वारे थप अनुसन्धान शुरु गरिएको वताए । । प्रहरीले हत्यामा संलग्नको आशंकामा आइतबार र सोमबार गरी १० जनालाई नियन्त्रणमा लिएको थियो । बालिकाको शव भेटिएपछि मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान गरेको छ । शव भेटिएको स्थान विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सीमा क्षेत्रमा पर्छ । दुबैतर्फ बस्ती पातलो छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष