पोखरा । गण्डकीका अधिकांश मन्त्रीहरु अहिले मेला महोत्सव उद्घाटनमै व्यस्त छन्। तर, मूख्यमन्त्रीले मन्त्रीहरुलाई कडाई गरेका छन् । गण्डकी प्रदेश सरकारका मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पत्र नै लेखेर कडा निर्देशन दिएको छ।
मुख्य मन्त्री बाहेक सबै मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिँदै आएको खुलेको छ । केन्द्र सरकारमा पनि प्रधानमन्त्री र अर्थमन्त्री बाहेक सबै मन्त्रीहरुले दोहोरो सुविधा लिएको समाचार सार्वजनिक भएपछि नागरिक स्तरबाट चर्को विरोध भएको थियो ।
गण्डकीका मन्त्रीहरूलाई मासिक रूपमा १५० लिटर इन्धन गराउँदै आएपनि त्यतिले नपुगेर उनीहरूले नियमविपरीत आफ्नै मन्त्रालयबाट एकसय ५० लिटर भन्दा बढि थप इन्धन प्रयोग गरेकोबारे थाहा भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेर निर्देशन दिएको बताईन्छ ।
मुख्यमन्त्री कार्यालयले उद्घाटन जस्ता स–साना कार्यक्रमको भ्रमण आदेश नपाउने भनेर पत्रमै उल्लेख गरी निर्देशन गरेको छ। आफ्नो मन्त्रालयकोबाहेक अन्य काममा पनि सहभागी हुन थालेपछि मुख्यमन्त्री कार्यालयले त्यसो नगर्न मन्त्रीहरुलाई निर्देशन गरेको छ। त्यस्तै प्रदेशको राजधानीबाट नजिक रहेका जिल्लामा मन्त्रीहरुले कति दिनको भ्रमण आदेश पाउने भन्नेबारे पनि पत्रमा उल्लेख गरिएको छ। यस विषयमा विभिन्न चरणमा मुख्यमन्त्री कार्यालयमा बैठक बसी निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। पत्रमा तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जान मन्त्रीहरूलाई एक दिनको मात्र भ्रमण आदेश मुख्यमन्त्री कार्यालयबाट स्वीकृत हुने उल्लेख छ। अरु जिल्लामा भने दुई दिनसम्मको भ्रमण आदेश पाउने बताइएको छ।
सार्वजनिक लेखा समितिको चासो
यसअघि नै गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको प्रति चासो देखाएको छ । मंगलबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालयसँग यस विषयमा जानकारी माग्ने निर्णय गरेको हो ।
सञ्चारमाध्यममा यस विषयमा समाचार आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले ७ दिनभित्रै विवरण उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको समितिका सभापति कुमार खड्काले जानकारी दिए ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’