गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । २००९ सालमा नेपाल सरकारसँग सम्झौता गरी कास्कीको सिमपानीमा मुख्यालय राखेर आफ्ना गतिविधि चलाउँदै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्टरनेशनल नेपाल फिलोसिपले पोखराको बहुमुल्य जग्गा विना स्वीकृति आफ्नो नाममा दर्ता गरेको फेला परेको हो ।
पोखराको रामबजारदेखि वन विज्ञान क्याम्पस सम्म फैलिएको यो चार सय एक रोपनी जग्गा अहिले इन्टरनेशल नेपाल फेलोसिप आइएनएफ नामक संस्थाको नाममा छ । यसमा आइएनएफले हरियो खर्क अस्पताल संचालन गररिहेको छ । क्रिश्चियन मिसन पूरा गर्न भन्दै इन्टरनेशनल नेपाल फिलोसिप अष्ट्रेलिया नामक संस्था विक्रम संवत २००९ सालमा पोखरा भित्रिएको थियो । पत्रकार बसन्त अधिकारीले कान्तिपुर टिभीमा समाचारसहित रिपोर्ट प्रशारण गरेका छन् ।
नेपालको पश्चिमी भेगमा स्वास्थ्य र विकासमा काम गर्ने उद्देश्यका साथ स्थापित उक्त संस्था झण्डै ४० वर्ष पछि मात्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । २०४८ असोज ६ गते पाँच बेलायती, दुई जर्मन र एक फिलिपिनो गरी आठ जनाको नाममा आइएनएफ दर्ता छ । विदेशी नगरिकका नाममा मात्रै एनजीओ दर्ता हुनु आफैमा पनि अवैध छ ।
उक्त जग्गा २०३२ सालको नापीमा हरियोखर्क अस्पतालका नाममा आएको देखिन्छ । त्यतिबेला यो जग्गा कसरी अस्पतालको नाममा पुग्यो भन्ने अभिलेख कहिा कतै भेटिादैन । त्यतिमात्र होइन २०७० सालमा फेरि उक्त जग्गा आइएनएफकै नाममा दर्ता भएको एनजिओका नाममा गएर लालपूर्जा बनेको भटिएको छ । पोखरा मुटुमा यतिका धेरै सरकारी जग्गा विनास्वीकृति एनजीओको नाममा कसरी पुग्यो भन्नेबारेमा जिल्ला मालपोत कार्यालय समेत बेखबर छ ।
२०७४ मा भएको नापीले उक्त जग्गा ४ सय १ रोपनी पुगेको देखाएको छ । त्यस्तै सिमपानीमा साइनिङ अस्पतालका नाउँमा रहेको २५ रोपनी जग्गाको पनि आइएनएफकै नाममा छ । तत्कालीन समयमा कुनैपनि व्यक्ति वा संस्थाको नाममा ९० रोपनी भन्दा बढी जग्गा राख्न नपाइने हदबन्दी थियो । कानुनतः कुनै पनि एनजीओ वा आइएनजीओ खारेज वा बन्द भएपछि उसको चल अचल सम्पत्ति नेपाल सरकारको नाममा सर्छ । तर, यस प्रकरणमा तत्कालीन आइएनजीओको स्वामित्वमा कसरी गयो र फेरि एनजीओको नाममा कसरी पुग्यो त्यो नै सबैभन्दा आश्चर्यको विषय बनेको छ ।
आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफ ईन्टरनेशनलकै विधान अनुसार उक्त जग्गाको पुर्जा आईएनएफ नेपालका नाममा बनाईएको बताएका छन् । यसरी सबै सम्पत्ति आइएनफकै स्वामित्वमा भएको विधान स्वीकृत गर्ने कास्की जिल्ला प्रशासन कार्यालयकी तत्कालीन प्रशासकीय अधिकृत भगवतीदेवी शर्माको निर्णय समेत गैरकानूनी देखिएको छ । त्यसैले ४ सय २६ रोपनी सरकारी जग्गा कसरी संस्थाका नाममा पुग्यो, त्यसको छानविन गर्न आवश्यक छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’