पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भर्याङ) को व्यवस्था गरिएको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पुर्याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको हो ।
गएको वर्षबाट शुरु गरिएको निर्माणको काम सम्पन्न भएको र फागुन महीनाभित्रमा औपचारिक रुपमा सञ्चालनमा ल्याइने समितिका सचिव तीर्थ श्रेष्ठले बताए । “अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले पनि मन्दिरमा सहज रुपमा दर्शन गर्न सकून् भनेर लिफ्ट निर्माण गरेका हौँ ।” श्रेष्ठले भने ।
अशक्तले अर्काको सहारामा मात्र मन्दिरमा दर्शनको लागि जानुपर्ने बाध्यता लिफ्ट निर्माणबाट हट्ने बताइन्छ । पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउस र हुण्डाई मोटर्स दक्षिण कोरियाको करीब रु एक करोड लागतमा लिफ्ट निर्माण गरिएको हो । लिफ्टमा एकपटकमा ह्विलचियरसहित चार जना र मानिसमात्र आठ जना अट्न सक्ने क्षमता छ ।
लिफ्ट ७०० किलो भार क्षमताको रहेको र उचाइ ६० फिट छ । लिफ्टको तलमाथि दुवैतर्फ २०-२० जना बस्न मिल्ने प्रतीक्षालय पनि निर्माण गरिएको छ । मन्दिरमा दैनिक करीब तीन हजारले दर्शन गर्ने गरेको र पछिल्लो समय भारतीय दर्शनार्थीको सङ्ख्या वृद्धि भएको बताइन्छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु