माघ २१,पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई नेपाल विद्यार्थी संघले पोखरामा कालो झण्डा देखाएको छ।सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसले सोमबार पोखरामा गरेको विरोध प्रदर्शनमा नेता थापालाई कालो झण्डा देखाईएको हो । कोण सभालाई सम्बोधन गर्ने क्रममा स्वयं आफ्नै पार्टीका नेतालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्वको समूहले कालो झण्डा देखाएको हो।
सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै थापा नेतृत्वको समूहले कालो झण्डा देखाएको हो। थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगनले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गरेको छ। गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो।
‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा सार्वजनिक गरेका थिए । पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाहीको लागि झन् पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको हुन सक्ने कांग्रेस निकट नेताहरुको भनाइ छ।
थापालाई कालो झण्डा देखाएको प्रति नेपाली कांग्रेस कास्कीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनिक विदाको दिन शनिबार भएको विरोध प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ परेका थिए । आफ्ना विद्यार्थी नेता पक्राउ परे लगत्तै घटनाको जिम्मेवारी नेविसंघले लिएको थियो।
पोखरामा भएको सरकार विरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सभा सदस्य एवं कांग्रेस नेता कुमार खड्का, विन्दु कुमार थापा लगायतले सम्बोधन गरेका थिए।
तस्विरः अन्नपूर्णपोष्टबाट ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’