माघ २१,पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई नेपाल विद्यार्थी संघले पोखरामा कालो झण्डा देखाएको छ।सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसले सोमबार पोखरामा गरेको विरोध प्रदर्शनमा नेता थापालाई कालो झण्डा देखाईएको हो । कोण सभालाई सम्बोधन गर्ने क्रममा स्वयं आफ्नै पार्टीका नेतालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्वको समूहले कालो झण्डा देखाएको हो।
सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै थापा नेतृत्वको समूहले कालो झण्डा देखाएको हो। थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगनले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गरेको छ। गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो।
‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा सार्वजनिक गरेका थिए । पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाहीको लागि झन् पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको हुन सक्ने कांग्रेस निकट नेताहरुको भनाइ छ।
थापालाई कालो झण्डा देखाएको प्रति नेपाली कांग्रेस कास्कीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनिक विदाको दिन शनिबार भएको विरोध प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ परेका थिए । आफ्ना विद्यार्थी नेता पक्राउ परे लगत्तै घटनाको जिम्मेवारी नेविसंघले लिएको थियो।
पोखरामा भएको सरकार विरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सभा सदस्य एवं कांग्रेस नेता कुमार खड्का, विन्दु कुमार थापा लगायतले सम्बोधन गरेका थिए।
तस्विरः अन्नपूर्णपोष्टबाट ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु