महेन्द्र जिसी, पर्वत । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – १४ कटुवाचौपारीका तीन दलित बालबालिकालाई ५ आना घडेरी उपलब्ध गराइएको छ । बाबु आमा नहुँदा सहारा बिहीन भएका बिशाल, बिवेक र बिश्वास परियारलाई सोमबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लालपुर्जा हस्तान्तरण गरे ।
प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन् । आफ्नो काम यतिमा मात्रै सिमित नराख्ने पर्वतका प्रजिअ ढकालको पहलमा अनाथ वालवालिकहरुलाई जग्गा उपलब्ध गराइएको हो । ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरी पास गरिदिएका हुन् ।
कुश्मा नगर पालिका ९ निवारी अनाथ वालवालिकाको स्थाई आवसको लागि ५ लाख मुल्य बराबरको जग्गा उपलब्ध गराई दिएको प्रशासनले जनाएको छ । तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आफ्नो पहलमा जग्गा उपलब्ध भएको ढकालले बताए ।
जग्गाको लालपुर्जा हस्तान्तरण भईसकेको बताउँदै प्रजिअ ढकालले अनाथहरुको लागि आवास बनाउन पहल गर्ने बताए । जनस्तरबाट पनि ढकालको कामलाई प्रशंसा गरेका छन् ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु