गण्डक न्यूज, पोखरा । पोखरा महानगरपालिकाको गाडी जलाउने नेवि संघका तीन कार्यकर्ताहरु शुक्रबार छुटेका छन् । गत शनिबार सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै गाडीमाथि नै आगजनी गरेका थिए । सोहि दिन होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये दुई दिनमै राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटेका थिए । मुद्धा चलाइएका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार कास्की जिल्ला अदालतले रिहा गरेको जनाइएको छ । उनीहरु छुटेपछि अबिर खादा लगाएर सम्मान गरिएको छ ।

उनीहरुको रिहाईका लागि काँग्रेस कास्की सहित नेवि संघले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । अब शैक्षिक संस्था बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । यद्यपी, सरकारको कार्यशैलीको विरोधका कार्यक्रम जारी रहेको नेविसंघले जनाएको छ ।

प्रजातान्त्रिक पार्टीका विद्यार्थी संगठनले छापामार शैलीमा नागरिकको सम्पतिमाथि गरेको आगजनीको व्यापक विरोध भएको थियो । पार्टीकै नेता गगन थापाले समेत गाडी जलाउने कार्य अत्यन्त आपत्तिजनक भएको बताएका थिए । थापाको सो अभिव्यक्तिको विरोधमा पोखरामा उनलाई कालो झण्डा समेत देखाइएको थियो ।
पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी उनीहरुले नै जलाएको तर्क
यसैबीच, पोखरा महानगरपालिकाले नयाँ गाडी किन्नको लागि पुरानो गाडी जलाएको नेविसंघले आरोप लगाएको छ । महानगरले गाडी खरिदमा ठूलै चलखेल गर्नका लागि आफैले आगजानी गरेको नेविसंघको आरोप छ ।
विहीबार पोखरा महानगपालिका शिक्षा शाखामा तालाबन्दी गर्न जाने क्रममा विधार्थीहरुले उक्त आरोप लगाएका हुन । तर, घटनापछि नै नेविसंघका नेता सरोज केसीले घटनाको जिम्मेवारी लिएका थिए भने घटनामा संलग्न स्वयंले तत्काल फेसबुक मार्फत तस्विर नै पोष्ट गरेर यो त सुरुवात मात्र भएको बताएका थिए ।
नेविसंघका विद्यार्थीहरुले आफूहरुलाई झुट्टो मुद्धा लगाएको भन्दै पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी आफै जलाएको बताएपछि आगो लगाउने ५ जना महानगरका कर्मचारी कसरी भए ? भन्दै व्यंग्य गरिएका छन् ।
नेविसंघले शिक्षा महाशाखामा ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल घाइते भए । ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा पक्राउ परेका थिए ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’