पोखरा । क्यामरुनको डफिन्स क्लब परिवारले पोखराको मैदानमा पहिलो सहभागितामै उपाधि उचाल्न सफल भएको छ । यो सँगै झण्डै डेढ दशकपछि पोखराको फुटबल मैदानबाट दोस्रो पटक उपाधि विदेशी टीमले उचाल्न सफल बन्यो । मनकामना केबलकार पोखरा कपको आज भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । क्यामरुनका यान्निकले ५४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पोखराकै मैदानमा १४ वर्षअघि आहा गोल्डकपमा अफ्रिकन युनाईटेडले अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपमा एपीएफका गोलकिपर राजु नगरकोटीले सवोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको पुरस्कार थापे । उनले पुरस्कार स्वरुप यामहाको मोटरसाईकल प्राप्त गरे ।

उत्कृष्ठ डिफेन्सबाट एपीएफकै रमेश दंगाल घोषित भए । उत्कृष्ठ मिडफिल्डको पुरस्कार भने मनाङ मस्र्याङ्दीका हेमन्त गुरुङ भए । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने क्यामरुनका यान्निक घोषित भए । उत्कृष्ठ प्रशिक्षक भने एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ घोषित भएका छन् ।
पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई स्कुटर प्रदान गरिएको छ । फुटबल संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार भने पत्रकार उमेश पुनलाई प्रदान गरिएको छ ।
विजेताले सात लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
तस्विरः गोलनेपाल डटकम
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो