तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा छैटौं लखन स्मृति कप सुरु भएको छ ।
प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएको छ । सोमबार बाराहि कलेज (बि) र निर्मल मावि बीच भएको पहिलो खेलमा बाराहि कलेज (बि) ४-० गोलअन्तर म्ले बिजयी भएको छ । त्यस्तै जनज्योति मावि भिमाद र सत्यवती मावि बीच भएको दोस्रो खेलमा ३-२ गोलअन्तरले जनज्योति मावि बिजयी भएको छ ।
त्यसैगरि दमौली कलेज र अमर भुपु सैनिक इङ्लिस बोर्डिङ स्कुल बीच भएको तेस्रो खेलमा २-० गोलअन्तरले दमौली कलेज बिजयी भएको छ । त्यस्तै सोमबार भएको आदिकवि भानुभक्त क्याम्पस (ए) र खैरेनी मावि बीच भएको अन्तिम खेलमा ३-० गोलअन्तरले आदिकवि भानुभक्त क्याम्पस (ए) बिजयी भएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । मंगलबार पनि चार खेल हुने आयोजकले जनाएको छ ।
नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप सुरु भएको हो । नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको आयोजकले जनाएक छन ।
माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म जारी रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपर लाई समेत ट्रफी र मेडल दिइने खेल संयोजक मगरले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’