पोखरा । पोखराको टुरिजम् एरिया लेकसाइडमा १४ वर्षिय बालकको निर्मम हत्या भएको छ । पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिन सिन्जालीको घाँटी रेटेर हत्या गरेको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको हो ।
हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए । घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थितिमा शव भेटिएको उनले जनाए ।
उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाईएको छ । घटना सम्बन्धमा अनुसन्धान भैरहेको डिएसपी कार्कीले बताए । उनका अनुसार भुर्इँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको छ । उनको पनि सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने कार्कीले बताए ।राति साढे २ बजे नै घटनास्थल पुगेर अनुसन्धानमा लागेको प्रहरीले बताएको छ । घटनामा सडक बालबालिकाको संलग्नता समेत हुनसक्ने तर्फ पनि अनुसन्धान अघि बढाइएको छ ।
आमा सुनिता घटनापछि भावविह्वल छिन् । उनी श्रीमान्सँग १२ वर्षदेखि सँगै छैनन् । मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । कहिलेकाहिँ बुबासँग पैसा माग्न जाने गर्दथे । सचिनका दाइ पनि छन् । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएकी छन् ।
यसैबीच, शंकास्पद २ जना प्रहरी नियन्त्रणमा रहेको श्रोतले जनाएको छ । अहिले अनुसन्धान भइरहेको बताईन्छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु