पोखरा । पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ ।
‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख जेठतिर परिक्षण गर्र्छौं ।’ २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने छन् । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ डाइरेक्टर त्रिपाठीले भने, ‘यात्रुको संख्या बढ्दै गए थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिन्छ ।’
केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने छन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकार संग लिजमा लिएको कम्पनीको भनाई छ ।
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग गरेको कम्पनीको भनाई छ ।
केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको भए पनि १ अर्व ३० करोड सम्म पुग्ने कम्पनीको भनाई छ ।

http://gandaknews.com/cablecar/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु